लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १७, २०८०
|
|
५२ पटक हेरिएको
Shares
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन

सारांश

  • जुम्ला ।
  • जुम्लामा लागुऔषध रोकथाम तथा दुरुपयोग हुन नदिन जिल्ला लालटिन समन्वय डेक्स समिति गठन गरिएको छ ।
  • कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

जुम्ला । जुम्लामा लागुऔषध रोकथाम तथा दुरुपयोग हुन नदिन जिल्ला लालटिन समन्वय डेक्स समिति गठन गरिएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

समितिको अन्य सदस्यमा चन्दननाथ नगरपालिका–४का वडाध्यक्ष नवराज देवकोटा, नागरिक समाजका जिल्ला अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासङ्घका शाखा अध्यक्ष नेत्रबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका खरिदार रामकृष्ण पाण्डे, चन्दननाथ माविका शिक्षक पवन न्यौपाने, कर्णाली टिन चयालेन्ज ड्रग रिहाविलिटेशन समितिका अध्यक्ष सुवास बुढा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सनत न्यौपाने र अर्का एक प्रहरी सहायक निरीक्षक रहेको उनको भनाइ थियो ।

सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयबाट निर्माण गरिएको उक्त कार्ययोजनामा लागुऔषध विरुद्ध जुम्ला जिल्लामा हुने गतिविधि अनुगमन गर्न र आवश्यक नीति तथा कार्यक्रम बनाउन सो समिति गठन गरिएको उनको भनाइ थियो ।

पछिल्लो समय जुम्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा सातवटा आर्थिक वर्ष २०७९÷८० मा १२ वटा र गत साउनदेखि हालसम्म आठ वटा लागुऔषधका मुद्दा दर्ता भएकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इजरायल-हमास सहमतिको संकेत !
इजरायल-हमास सहमतिको संकेत !
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती
आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा

तपाईंले छुटाउनुभयो कि?