लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १, २०८०
|
|
५१ पटक हेरिएको
Shares
लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का

सारांश

  • त्रिपोली ।
  •  लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ ।
  • आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएअनुसार लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुङ्गा उच्च छालहरूका कारण डुबेको विश्वास गरिएको छ ।

त्रिपोली । लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ । आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएअनुसार लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुङ्गा उच्च छालहरूका कारण डुबेको विश्वास गरिएको छ । जीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करिब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“२५ जनाको उद्धार गरी लिबियाको हिरासत केन्द्रमा सारिएको छ”, आईओएमले भनेको छ । जीवित सबैको अवस्था राम्रो रहेको र उनीहरूलाई आईओएमका कर्मचारीबाट चिकित्सा सहयोग प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ । इटाली हुँदै युरोप पुग्ने अपेक्षामा खतरनाक सामुद्रिक यात्राको जोखिम उठाउने आप्रवासीहरूका लागि लिबिया र ट्युनिसिया प्रमुख प्रस्थान विन्दु हुन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी आईओएमका अनुसार यस वर्ष ट्युनिसिया र लिबियाबाट एक लाख ५३ हजारभन्दा धेरै आप्रवासी इटाली पुगेका छन् । 

इटालीका अतिदक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अवैध आप्रवासन रोक्ने वाचा गरेपछि गत वर्ष निर्वाचन जितेकी थिइन् । मेलोनीको कट्टर–दक्षिणपन्थी सरकारले उत्तरी अफ्रिकाबाट खतरनाक सामुद्रिक यात्राको प्रयास गर्ने मानिसहरूलाई बचाउने परोपकारी जहाजहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउन धेरै उपाय अपनाएको छ । अवैध आप्रवासनसँग सामना गर्ने उनको दृष्टिकोणलाई शनिबार रोमको भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि प्रशंसा गरेका छन् ।
दुवै नेताले आ–आफ्ना मुलुकका तटहरूमा आप्रवासी डुङ्गाहरूको अवतरणलाई रोक्ने र मानव तस्करहरू विरुद्ध लड्ने प्रयासलाई तीव्रता दिइने वाचा गरे । संयुक्त राष्ट्रसङ्घले केन्द्रीय भूमध्यसागरीय आप्रवासन मार्गलाई संसारको सबैभन्दा घातक मानेको छ । उक्त मार्गबाट प्रत्येक वर्ष सयौँ मानिसको ज्यान जाने गरेको छ ।

आईओएमका प्रवक्ता फ्लाभियो डि जियाकोमोले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यस वर्ष केन्द्रीय भूमध्यसागरीय मार्गमा दुई हजार दुई सय ५० भन्दा बढीको मृत्यु भएको छ, यो नाटकीय तथ्याङ्कले समुद्रमा जीवन बचाउनका लागि पर्याप्त काम भइरहेको छैन भन्ने देखाउँछ ।”
लिबियाबाट इटाली हुँदै सात सय ५० सवार माछा मार्ने डुङ्गा एड्रियाना जुन १४ मा दक्षिणपश्चिम ग्रिसको अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुबेको थियो । उक्त दुर्घटनामा बाँचकोहरूका अनुसार डुङ्गामा मुख्यरूपमा सिरियाली, पाकिस्तानी र इजिप्टेली सवार थिए । तीमध्ये एक सय चार जना मात्र बाँच्न सफल भए भने ८२ शव फेला परेका थिए ।

नेटो समर्थित विद्रोहमा लिबियामा तानाशाह मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछिको एक दशकभन्दा धेरै समयदेखि जारी हिंसाले मुलुकलाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिणत गर्न सहयोग गरेको छ ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच  वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ : मुख्यमन्त्री पौडेल
पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ : मुख्यमन्त्री पौडेल
How to locate a Foreign Wife
बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ
बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ
सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो
सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
भारतिय अभिनेत्रीले यसरी गरिन नेपालकाे बेइज्जत
भारतिय अभिनेत्रीले यसरी गरिन नेपालकाे बेइज्जत
कुखुराको मासुमा पनि देखियो कोरोनाको संक्रमण
कुखुराको मासुमा पनि देखियो कोरोनाको संक्रमण
एमाले नेता महेश बस्नेतले मतदान गरे
एमाले नेता महेश बस्नेतले मतदान गरे
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार

तपाईंले छुटाउनुभयो कि?