लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

सारांश

  • काठमाडौं ।
  • लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
  • शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो ।

काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले खेल सुरु भएको दोस्रो मिनेटमै पेनाल्टी गोलबाट अग्रता लिएको थियो । साडियो मानेको क्रसमा बल माउसा सिसोकोले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा मोहमद सालाहले गोल गरेर टिमलाई १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा पनि एक गोल थप्यो । दोस्रो हाफमा टोटेनहम खेलमा फर्किन आक्रामक खेले पनि गोल गर्न सकेन । टोटनह्यामले लगातार लिभरपुलको पोस्टमा आक्रमण गरे पनि ब्राजिलियन गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै टोटनह्याम गोल गर्न असफल भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?