लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १, २०७९
|
|
४७ पटक हेरिएको
Shares
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि

सारांश

  • न्यूजील्यान्डमा एउटा परिवारले लिलाममा किनेर घर लगेका सुटकेसमा मानव अवशेष फेला पारेपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ।
  • साउथ अकल्यान्डमा बस्ने उक्त परिवारले एउटा स्थानीय गोदामबाट किनेर लगेका सुटकेस घर पुगेर खोल्दा स्तब्ध भएको थियो।
  • हत्यासम्बन्धी अनुसन्धान थाल्दै प्रहरीले ती अवशेष कसका हुन् भन्ने खोजी सुरु गरेको छ।

न्यूजील्यान्डमा एउटा परिवारले लिलाममा किनेर घर लगेका सुटकेसमा मानव अवशेष फेला पारेपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ। साउथ अकल्यान्डमा बस्ने उक्त परिवारले एउटा स्थानीय गोदामबाट किनेर लगेका सुटकेस घर पुगेर खोल्दा स्तब्ध भएको थियो।

हत्यासम्बन्धी अनुसन्धान थाल्दै प्रहरीले ती अवशेष कसका हुन् भन्ने खोजी सुरु गरेको छ। उक्त परिवार सन्दिग्ध हत्यामा संलग्न नभएको ठानिएको छ।

गत बिहीवार उक्त परिवारले गोदामबाट एक गाडी सामान किनेर लगेको बुझिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गोदाममा बेबारिसे अवस्थामा छोडिएका सामानहरूको लिलाम गरिएको थियो।

त्यस्तो लिलामीमा क्रेताहरूलाई पहिला नै सामान राम्ररी हेर्न दिइँदैन। मूल्यवान् वस्तु फेला पर्न सक्ने आशामा मानिसहरू त्यस्ता सामान किन्छन्।
स्थानीय गुप्तचर अधिकारीले घर ल्याएपछि मात्र सुटकेसमा मानव अवशेष भएको पत्ता लागेको बताएका छन्।

स्थानीय सञ्चारमाध्यम स्टफका अनुसार प्रहरी पुग्नुअघि उक्त घर भएको क्षेत्रबाट ‘दुर्गन्ध’ फैलिएको थियो। शवदाह गृहमा पहिला काम गरेका एक छिमेकीले उक्त गन्ध तत्काल चिन्न सकिएको थियो।

‘मैले सजिलैसँग चिनेँ र त्यो कहाँबाट आइरहेको छ भनेर सोचेँ,’ आफ्नो छिमेकीको घरतर्फ सङ्केत गर्दै उनले भने। अर्की छिमेकी महिलाका अनुसार गाडीबाट एउटा सुटकेस निकालेर उक्त घरबाहिर प्रहरीले टाँगेको पालमा लगिएको उनका छोराले देखेका थिए।

स्टफमा प्रकाशित भिडिओमा प्रहरीले छानबिन गर्दै गर्दा उक्त घरअगाडि अवस्थित सडकमा एउटा गाडी बिसाएको देखिन्छ। उक्त स्थान क्लेन्डन पार्कको बाह्य भागमा छ। मृतक को हुन् त्यो पत्ता लगाउनु र त्यसरी अवशेष भेटिने परिस्थिति पत्ता लगाउनु आफ्नो प्राथमिकता भएको प्रहरीले जनाएको छ।

जसरी ती अवशेषहरू फेला परे त्यसको आधारमा मृतकका आफन्तलाई त्यसबारे सूचना दिन समय लाग्न सक्ने प्रहरीले बताएको छ। -बिबिसि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
कांग्रेस विवाद उत्कर्षमा
कांग्रेस विवाद उत्कर्षमा
विनोद चौधरीलाई कांग्रेस भित्र शक्तिशाली बनाउने तयारी
विनोद चौधरीलाई कांग्रेस भित्र शक्तिशाली बनाउने तयारी
भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री
भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

तपाईंले छुटाउनुभयो कि?