लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २९, २०७५
|
|
४८ पटक हेरिएको
Shares
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

सारांश

  • काठमाडौँ,२९ पुस ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।
  • महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो ।

काठमाडौँ,२९ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।

महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको बताउनुभयो । “आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो”, उहाँले भन्नुभयो ।

महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।

लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई रु ५०० जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्
चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
वर्ष २०७९ मा अपेक्षा गरेका यी चलचित्र, कति सफल ?
वर्ष २०७९ मा अपेक्षा गरेका यी चलचित्र, कति सफल ?
नेइमारमाथि लाग्यो यौन हिंसाको आरोप
नेइमारमाथि लाग्यो यौन हिंसाको आरोप
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा
अब आर्थिक क्रान्ति र समृद्धिको समय आयो: मुख्यमन्त्री पौडेल
उच्चस्तरिय कार्यदलमार्फत समस्या समाधान गरिने
उच्चस्तरिय कार्यदलमार्फत समस्या समाधान गरिने
सातवटै प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरु , नाम लिस्ट्सहित
सातवटै प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरु , नाम लिस्ट्सहित
प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै
प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २९, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?