भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १३, २०७५
|
|
३८ पटक हेरिएको
Shares
भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा

सारांश

  • अस्बिन खडका, १३ बैशख ।
  • विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौंथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • सिक्किम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।

अस्बिन खडका, १३ बैशख । विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौंथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सिक्किम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।
खेलको १५ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले पहिलो गोल गरे । त्यस्तै खेलको ७१ मिनेटमा फ्रि किकको सदुपयोग गर्दै सिक्किमका तर्फबाट इन्द्रजितले हेडमार्फत गर्दै गोल गरेर नतिजा बराबरीमा पु¥याएका थिए ।

।तर, नवयुग श्रेष्ठले खेलको ७६ औँ मिनेटमा आर्मीका लागि दोस्रो गोल गरे । त्यसैगरी नवयुगले दिएको पासलाई सदुपयोग गर्दै भरत खवासले दोस्रो हाफपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेर आर्मीलाई जित दिलाए।

आर्मीका सन्तोष तामाङ्ग खेलको म्यान अफ दि म्याच हुँदै रु १० हजार प्राप्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?