लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ९, २०७९
|
|
५९ पटक हेरिएको
Shares
लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान

सारांश

  • काठमाडौँ ।
  • सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
  • पछिल्लो समयमा बैङ्किङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानु पूर्व बैङ्क ब्यालेन्स, नेपाली राहदानी, नागरिकता प्रमाणपत्र लगायतका कागजात आवश्यक पर्ने भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत हुन काठमाडौँ प्रहरीले सबैमा सूचित गरेको छ ।

काठमाडौँ । सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समयमा बैङ्किङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानु पूर्व बैङ्क ब्यालेन्स, नेपाली राहदानी, नागरिकता प्रमाणपत्र लगायतका कागजात आवश्यक पर्ने भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत हुन काठमाडौँ प्रहरीले सबैमा सूचित गरेको छ ।

सामाजिक सञ्जालको प्रयोग गरी विदेश पठाउनेलगायत उल्लेख गरी विज्ञापन प्रकाशित गर्ने पैसा माग्ने, नागरिकता र राहदानी लिने र ठगी गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले छ बुँदे अनुरोध सार्वजनिक गरेको छ ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की यस्ता गिरोहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाएर विदेश जाँदा खातामा रकम जम्मा गर्नुपर्ने भनी व्यक्तिको खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि प्रक्रिया अघि बढाउने भन्दै नागरिकता र राहदानीसमेत लिने गरेको बताउनुभयो ।

उहाँका अनुसार त्यसरी सक्कल नागरिकताका आधारमा पीडितले प्रयोग गर्दै आएको मोबाइल नम्बर हराएको बहानामा अर्को सिम निकाली बैङ्किङ एप आफ्नो मोबाइलमा प्रयोग गरी ओटिपी कोडमा पहुँच बनाइ पीडितलाई थाहै नदिई मोबाइल बैङ्किङमार्फत पैसा सार्ने गरेको पाइएको छ ।

त्यसैले, यस्ता गिरोहलाई निरुत्साहित गरी आफू जोगिन प्रहरीले छ बुँदे अनुरोध नै सार्वजनिक गरी नागरिकलाई सचेत गराएको छ । “घटना घट्नु अघि नै नागरिक सूचित भए भने त्यसबाट जोगिन सकिन्छ भन्ने उद्देश्यले उक्त सूचना जारी गरेका छौँ”, एसएसपी कार्कीले भन्नुभयो, “१० वर्षअघि यस्ता घटना नै थिएन, पछिल्ला समयमा सूचना र प्रविधिको प्रयोग गरी घटना हुन थाले प्रहरीमा पनि उजुरीहरू आइरहेका छन्, त्यसैले नागरिकलाई ध्यानाकर्षण गराएका छौँ ।”

प्रहरीले जारी गरेको सूचनामा आफ्नो मोबाइलमा आएका जुन पायो त्यही एप्स क्लिक नगर्न, वाट्स एप, भाइबर, म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउने व्यक्तिको वास्तविक पहिचान खुल्न नआएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राहदानी नदिन, इ–बैङ्किङ, मोबाइल बैङ्किङ, सञ्चालनमा रहेका नम्बर असम्बन्धित व्यक्तिलाई शेयर नगर्न भनिएको छ ।

वैदेशिक रोजगार या अध्ययनमा जाँदा नेपाल सरकारबाट इजाजतप्राप्त निकायबाट मात्रै प्रक्रिया अघि बढाउन, आफ्नो चेक बुक सुरक्षित तबरले राख्न तथा खातामा रकम नभएको अवस्थामा चेक काटी अन्य व्यक्तिलाई नदिन तथा समय समयमा नेपाल प्रहरीको वेब साइट हेरेर आवश्यक जानकारी लिई ठगी हुनबाट जोगिन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा पनि सिरुवा पर्व मनाइयो
पोखरामा पनि सिरुवा पर्व मनाइयो
प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु
संविधानले दिएकाे अधिकारबाटै बालबालिका बञ्चित !
संविधानले दिएकाे अधिकारबाटै बालबालिका बञ्चित !
Where To Go To Meet Ladies For Seeing
तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन ः सञ्चारमन्त्री बस्नेत
राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव
राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?