वर्षौंदेखि दूषित पानी पिउन बाध्य नाम्रावासी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
वर्षौंदेखि दूषित पानी पिउन बाध्य नाम्रावासी !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

बाँके, १७ साउन । वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन नहोस् । गाउँमा खोपानीको योजना ल्याउन पानीका स्रोत भने नभएका होइनन् । तर, राजनीतिक पहुँच नभएकाले धमिलो पानी पिउन बाध्य भएको बताउँछन् स्थानीयवासी ।

गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्माकाअनुसार नाम्रामा बस्ती बसेदेखि नै दूषित पानी पिउनुपर्ने बाध्यता छ । “आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको हुँ बाबु, बाजेले पनि भेरी नदीको पानी बोकेरै पिएका हुन् ।” उनले भने । यहाँ हिउँद भन्दा वर्षायाममा पिउने पानीको समस्या हुन्छ । वर्षायाममा नदी धमिलो भएपछि हुनेले फिल्टर र नहुनेले कपडामा पानी छानेर खानुपर्छ । खानेपानीको सहज र सस्तो व्यवस्थापन भनेको भेरी नदीको पानीलाई तानेर प्रशोधन गरी वितरण गर्नु नै हो । तर विद्युतको अभावमा त्यो सम्भव भएको छैन ।

“टाढाबाट खानेपानी ल्याउँदा खर्चिलो हुने भएकाले नदी अथवा भूमिगत पानीलाई नै प्रशोधन गरेर वितरण गर्नु कम खर्चिलो हुन्छ । तर, यहाँ पहिले बिजुली बत्तीको जरुरी छ,” प्रधानाध्यापक शर्मा बताउँछन् । पुरानो मुहान सुकेकाले पानीको समस्या भएको छ । खानेपानी लिन नदीमा जाने कतिपयले ज्यानसमेत गुमाउनु परेको छ । फोहोर पानी पिउनाले रुघाखोकी, झाडापखाला, शरीर चिलाउनेलगायतका रोगले सताउने गरेको छ ।

स्थानीयवासीले धेरै पटक केन्द्र, जिल्लास्तरका नेता तथा कर्मचारीलाई खानेपानीको समस्याको विषयमा जानकारी गराए पनि सबैले हुन्छ भन्ने आश्वासन मात्र दिएको स्थानीयको गुनासो छ । नाम्रामा करीब ५५ घरधुरी छन् । नजिक मुहान नभएकोले टाढाबाट ल्याउने पानी सानातिनो रकमले नपुग्ने भएपछि वर्षौंदेखि नाम्रावासी खानेपानीको समस्याबाट वञ्चित हुँदै आएको स्थानीय युवा कृष्ण शर्माले बताए। “दुई वटा मुहानमा सर्भे भएको छ, नजिकै रहेको बिउनारा भन्ने स्थानको मुहान करीब सुकिसकेकाले सम्भव छैन,” शर्माले बताए।

टाढाको चिउरी गौडा खोलाको मुहानबाट खानेपानी योजना सञ्चालनको संभावना छ । खर्चिलो भएकोले योजना सम्पन्न हुनेमा स्थानीयवासी विश्वस्त भने छैनन् । वर्सात्मा गाउँबाट पानी लिन झरेका महिला बालबालिकालाई नदीले बगाएर ज्यानसमेत जान्छ । गाउँमाथिको बस्तीमा नदीमै शौचालयका पाइपबाट शौच पास हुने गरी चर्पी निर्माण गरिएका छन् । नदीमा फोहर फाल्ने कार्यले व्यापकता पाएको छ । नदी छेउछाउका स्थानीय बजारको लागि नदी फोहर फाल्ने डम्पिङ बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनावकाबीच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित
तनावकाबीच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड
सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी
प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई
बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन