वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २८, २०७६
|
|
५३ पटक हेरिएको
Shares
वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित

सारांश

  • प्रदेश नं.
  • १ प्रदेशसभाको आजको बैठकले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
  • प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पेश गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

प्रदेश नं. १ प्रदेशसभाको आजको बैठकले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पेश गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

मन्त्री कुसियतले जलवायु परिवर्तनले पर्यावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न र दिगो विकासको आधार खडा गर्न विधेयकले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरण प्रदूषणले मानव जीवनमा पर्ने प्रतिकूल असरलाई कम गर्न तथा प्रदेशभरिमा उत्पन्न हुने फोहर र प्रदूषणलाई पनि व्यवस्थापन गर्न यो विधेयकले सहयोग पु¥याउने बताउनुभयो ।

‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक’ माथि भएको सैद्धान्तिक छलफलमा सदस्य उमिता विकले नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विधेकयले संरक्षण गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्का सदस्य केदार कार्कीले विकास निर्माण गर्दा वातावरण अध्ययन प्रतिवेदन तयार हुनुपर्ने बताउँदै विधेयकसँगै कार्य्विधि आउनुपर्नेमा जोड दिनुभयो । सदस्य प्रतापप्रकाश हाङ्गामले पहाडमा गोलियाको नाममा तीव्र रुख कटान भइरहेको जानकारी दिँदै मानव स्वास्थ्यदेखि जीवजन्तुसमेतको संरक्षणमा यो विधेयकले मद्दत गर्न सकोस् भन्नुभयो ।

राजकुमार ओझाले जल, वायु, जीव तथा वनस्पतिलाई संरक्षण गर्न विधेयकलाई अझ राम्रो र सुदृढ बनाउन विषयगत समितिमा गहन छलफल हुनुपर्ने माग गर्नुभयो । बलबहादुर साम्सोहाङले वातावरण सिङ्गो पृथ्वीसँग जोडिएकाले यो विधेकयमा गहन छलफल हुनुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभाको बैठक प्रारम्भ भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यले उभेर विरोध जनाएपछि केही समय सदन अवरोध हुन पुगेको थियो । उपसभामुख सरस्वती पोखरेलले पटकपटक सदस्यहरुलाई बस्न आग्रह गरेपछि सदस्यले आफ्ना स्थानमा बसेपछि काँग्रेसका शेखरचन्द्र थापालाई बोल्न समय दिनुभएको थियो । सदस्य थापाले संवैधानिक अङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र तठस्त हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले प्रदेशसभाको दुई दिनको बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसले आयोगको कामकारवाहीप्रति असन्तुष्ट व्यक्त गर्दै संसद् बैठक अवरोध गरेको र अब हाम्रो आन्दोलनको स्वरुप परिवर्तन भएकाले संसद् सञ्चालन हुने घोषणा गर्नुभयो । सदस्य थापाले बोलिसक्नु भएपछि संसद् १० मिनटका लागि स्थगन भएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि
सरकारको नीति तथा कार्यक्रम : कसले के भने?
सरकारको नीति तथा कार्यक्रम : कसले के भने?
आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य
नेपाल बंगलादेशसँग ३–० ले पराजित,सेमिफाइनलमा भारतको सामना गर्ने
नेपाल बंगलादेशसँग ३–० ले पराजित,सेमिफाइनलमा भारतको सामना गर्ने
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !
सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !

तपाईंले छुटाउनुभयो कि?