वार्ताटोलीको निष्कर्षः मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
वार्ताटोलीको निष्कर्षः मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य !

सारांश

  • काठमाडौँ, १२ पुस ।
  • उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ ।
  • गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप पत्यिाग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ ।

काठमाडौँ, १२ पुस । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ । गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप पत्यिाग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ ।

आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ताटोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको घोषणा गरेकाले मुलुकमा द्वन्द्वरत समूह नभएको जनाएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नभएको वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले उल्लेख गर्नुभयो । “हामी के निष्कर्षमा पुग्यौं भने विगतमा भएका समूह अब राजनीतिक पार्टी र कुनै समूहको हैसियतमा छैनन् एकाध आपराधिक गतिविधि गरे पनि त्यो नितान्त उनीहरुको व्यक्तिगत स्वार्थको निम्ति हुनेछ र अब कुनै पनि समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नरहेको हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ,” उहाँले भन्नुभयो ।

संविधानबाहिरका राजनीतिक दल-सशस्त्र समूहसँग भएका सहमति÷सम्झौता कार्यान्वयन सुझाव कार्यदल २०७१ ले अध्ययन गर्दा एक हजार १७६ व्यक्तिहरुलाई मुद्दा लागेको अवस्था थियो ।

वार्ताटोलीले अध्ययन गर्दा जम्मा ६०७ मुद्दा लागेका व्यक्तिको विवरण प्राप्त भएकोमध्ये कानूनबमोजिम फिर्ता लिन नसकिने मुद्दा ३२८ रहेको छ । कानूनबमोजिम फिर्ता वा माफिको प्रक्रिया अघि बढाउन सकिने प्रकृतिका मुद्दा २७९ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘शेरबहादुरजीबाट पार्टी चल्दैन’
‘शेरबहादुरजीबाट पार्टी चल्दैन’
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
गैर अंग्रजी भाषाको फिल्मलाई पहिलो पटक ओस्कार
गैर अंग्रजी भाषाको फिल्मलाई पहिलो पटक ओस्कार
बलिउडमा ‘फ्लप’ ३ अभिनेत्रीः यसरी बने अर्बौको मालिक
बलिउडमा ‘फ्लप’ ३ अभिनेत्रीः यसरी बने अर्बौको मालिक
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
स्वास्थ्य राज्यमन्त्रीविरुद्ध कमिशनखोर रैथाने सिन्डिकेट !
मालपोत कार्यालयविरुद्ध अदालतमा
मालपोत कार्यालयविरुद्ध अदालतमा
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
रोयल फ्लाइट ११० रुसी नागरिक बोकेर फर्कियो
रोयल फ्लाइट ११० रुसी नागरिक बोकेर फर्कियो

तपाईंले छुटाउनुभयो कि?