वाह ! मन्त्री ज्यू, मन्त्री हुनु त यस्तो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
वाह ! मन्त्री ज्यू, मन्त्री हुनु त यस्तो

सारांश

  • सुर्खेत ।
  • कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो।
  • भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उनको आँखा पुग्यो।

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो।

भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उनको आँखा पुग्यो।

चालकलाई गाडी रोक्न भनिन् । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १०० मिटर टाढा गएर रोकियो । गाडी रोकिएपछि दुई अपरिचित आठ/नौ वर्षका बालिका आएर हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईंलाई पैसा दिन्छौँ भन्दै चालकलाई गुहारे ।

चालकसँग ती बालिकाको आग्रह सुनेपछि मन्त्री केसीको ध्यान गयो । उनले दुवैलाई आफुँकहाँ बोलाएर सोधिन्, “नानी कहाँ हो घर ? तिमी दुवै यतिबेला कहाँ जाने हो ? तिमीसँग कोही छैन त ? किन तिमी दुवै यतिखेर एक्लै हिँडेको ?”

ती मध्ये एक बालिकाले आत्तिदै भनिन्, “हाम्रो घर भर्याङ खोरियो हो । त्यहाँबाट तीन घण्टा हिँडेर आएको । हामी सुर्खेत बसपार्क मामाकहाँ जाने हो । अन्य प्रश्नको भने उनले उत्तर दिन चाहिनन्।”

पुनः मन्त्री केसीले सोधिन, “तिम्रो मामाको नाम के हो ? बालिकाले भनिन् थाहा छैन । तिम्रो घरमा बुबाआमा हुनुहुन्न ? सानै छौँ, तिमीहरु भागेर आएजस्तो लाग्छ”, उनले प्रतिप्रश्न गरिन् । आत्तिदै बालिकाले रुँदै घरमा कान्छी आमा भएको र उनले गाली गर्ने गरेको सुनाइन् ।

हातमा प्लाष्टिकको झोलामा केही लत्ताकपडा बोकेकी ती बालिकाले तारन्तार पैसा दिन्छु मामा घर पुर्याइदिन भन्दै आग्रह गरिरहिन।

तर बाँकी प्रश्नको उत्तर नदिएपछि मन्त्रीले ‘ठिकै छ तिमीहरुलाई प्रहरी कहाँ बुझाउँछौँ’ भनिन् । यो सुन्नेबित्तिकै दुवै भाग्न कोसिस गरे । पछि उनले सम्झाइबुझाई गरेर उनीहरुलाई गाडीमा राखिन् ।

दुई सय मिटरअघि पुगेपछि सबैजना गाडीबाट ओर्लिए । संयोगवशः त्यहाँनेर दुवै बालिका अध्ययनरत मनिरामकाँडा आधारभूत विद्यालय भेरीगङ्गा नगरपालिका–१ सुर्खेतका शिक्षिका ललिता बुढाक्षेत्री भेटिईन्।

मन्त्रीज्यू १ नमस्कार भन्दै यिनी दुई बालिका भागेर गएको सुन्दा तिनलाई कसरी भेटाउने होला भनेर गाडी कुरेर बसेको बताइन् ।

मन्त्री केसीले शिक्षिका बुढाक्षेत्रीलाई दुवै बालिकाको नाम, वतन, ठेगाना सोधिन् । उनको प्रश्नको जवाफमा शिक्षिका बुढाक्षेत्रीले दुवै बालिका भेरीगङ्गा नगरपालिका–१ भर्याङ खोरिया सुर्खेतका नौ वर्षीया दुर्गा सिंह र १० वर्षीया सुकमाया गुरुङ रहेको जानकारी दिइन् ।

उनका अनुसार दुर्गा मनिराकाँडा आधारभूत विद्यालय कक्षा ४ र सुकमाया कक्षा ३ मा अध्ययनरत छन् ।

उनले दुवै बालिकाले रु ३५० लिएर आजको परीक्षा नदिई भागेर पाँच घण्टाको समयमा राजमार्गको सत्तरी भन्ने ठाउँमा पुगेको र परिवारले उनीहरुलाई खोजी गरिरेहको बताईन् ।

शिक्षिका बुढाक्षेत्री विद्यालयबाट बिदा लिएर सुर्खेत पुग्न करिब तीन घण्टाको पैदलयात्र गरेर राजमार्गमा बेलुका ५ः४० बजे पुगेकी थिईन् ।

मन्त्री केसीले बालिकाप्रति निकै दया राखी उनीहरुको उद्धार गरेको भन्दै शिक्षिकाले उनीप्रति कृतज्ञता प्रकट गरिन्।

साँझ परिसकेको र बालिकालाई घर पुर्याउन नसकिने भन्दै मन्त्री केसीले बालिकालाई वीरेन्द्रनगरसम्म उद्धार गरेर शिक्षिका बुढाक्षेत्रीको जिम्मा लगाएकी छन् ।

उनले शिक्षिका बुढाक्षेत्रीलाई घरपरिवारलाई राम्रोसँग सम्झाएर बालिकालाई बुझाउन र उनीहरुलाई कुनै पनि मानसिक, शारीरिक र मनोवैज्ञानिक पीडा एवं तनाव नदिन सुझाएकी छन् ।

यद्यपि उनीहरुको सही व्यवस्थापन गर्न नसिकए तुरुन्त जानकारी गराउनसमेत आग्रह गरेकी छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहान सहमति, दिउँसो रडाको
बिहान सहमति, दिउँसो रडाको
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
आर्थिक समृद्धिका लागी सहकारिले पु¥याएको योगदान अमुल्य छ: रामबाबु पौडेल
मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने
मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
दुईवटा खोप मिस्क गरेर दिने निर्णय
दोस्रो टी- २० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित
दोस्रो टी- २० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द

तपाईंले छुटाउनुभयो कि?