विकास र रोजगारी पहिलो प्राथमिकता अर्थ राज्यमन्त्री राणा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
विकास र रोजगारी पहिलो प्राथमिकता अर्थ राज्यमन्त्री राणा

सारांश

  • अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
  • आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसारको क्रममा आज गोदावरीको घरदैलो कार्यक्रममा बोल्दै उहाँले चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताउनुभयो ।
  • जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उहाँको प्रतिबद्धता थियोे ।

अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसारको क्रममा आज गोदावरीको घरदैलो कार्यक्रममा बोल्दै उहाँले चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताउनुभयो ।
जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उहाँको प्रतिबद्धता थियोे । दोस्रो संविधानसभामा यस क्षेत्रबाट निर्वाचित भएर विकासका धेरै काम गरिसकेको स्मरण गर्दै उहाँले त्यसलाई निरन्तरता दिने बताउनुभयो ।

कृषि उत्पादनतिर पहिलो कदम चालेर घर–घरमै रोजगारीको सिर्जना गरिनुपर्नेमा उहाँको जोड थियो । लोकतान्त्रिक गठबन्धनको विजयीले मात्र संविधानको पूर्ण कार्यान्वयन र देशले आर्थिक विकासमा फड्को मार्नसक्ने उहाँको दाबी थियो । “जनताको सेवा नै मेरो मूल मर्म हो”–उहाँले भन्नुभयो ।

गठबन्धनका तर्फबाट क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार मीनकृष्ण महर्जनले खेलकुदको माध्यमबाट देशको आर्थिक उन्नती हुनसक्ने बताउनुभयो । “खेल क्षेत्र त्यस्तो माध्यम हो जसले राष्ट्रलाई विश्व सामु चिनाउन सक्छ”–उहाँले भन्नुभयो ।

पानी, बाटो, सिँचाइ, कृषिलगायतका क्षेत्रमा विकास गर्नुपर्ने यस क्षेत्रका मतदाताको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान
नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
पीडित सास्तीमै, राहत रकम फ्रिज
पीडित सास्तीमै, राहत रकम फ्रिज
एउटै भवनबाट तीन वडा कार्यालय सञ्चालन
एउटै भवनबाट तीन वडा कार्यालय सञ्चालन
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://abhiyanpost.com/2023/12/22/160158
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://abhiyanpost.com/2023/12/22/160158
सडकको वर्गीकरण र क्षेत्राधिकार निर्धारण
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
डिआइजी कार्कीको नजरमा आफ्नै नेतृत्वका सात अप्रेसन
डिआइजी कार्कीको नजरमा आफ्नै नेतृत्वका सात अप्रेसन
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
10 injured after mass shooting in Britain’s Manchester
10 injured after mass shooting in Britain’s Manchester