विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
३३ पटक हेरिएको
Shares
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

सारांश

  • राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
  • चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
  • वैदेशिक रोजगार कसुरका तीन थान मुद्दाहरूमा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

वैदेशिक रोजगार कसुरका तीन थान मुद्दाहरूमा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास तथा पक्राउको लागी परिचालित टोलीले तामाङलाई बिहीबार काठमाडौँको कलङ्कीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?