विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण

सारांश

  • बनेपा, २३ पुस ।
  • काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीमा रहेको विद्याविकास प्राथमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बीच भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ ।
  • २०७२ वैशाखमा गएको भूकम्पले विद्यालयको पाँच कोठे भवनमा क्षति पु¥याएपछि जीर्ण भवनमा नै अध्ययन अध्यापन हुँदै आइरहेको थियो ।

बनेपा, २३ पुस । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीमा रहेको विद्याविकास प्राथमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बीच भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ ।

२०७२ वैशाखमा गएको भूकम्पले विद्यालयको पाँच कोठे भवनमा क्षति पु¥याएपछि जीर्ण भवनमा नै अध्ययन अध्यापन हुँदै आइरहेको थियो । भवनमा क्षति पु¥याएपछि पुनःनिर्माणको लागि विद्यालयले गरेको आग्रहमा हिमाली गाउँ संरक्षण नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कूल रु ३५ लाख २२ हजार १५२ लागतमा भवन निर्माण गरी हस्तान्तरण गरिएको हो । पाँच कोठा रहेको सो विद्यालयको भवन आइतबार रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले उद्घाटन गर्नुभएको हो ।

हिमाली गाउँसंरक्षण नेपालका अध्यक्ष नीरध्वज लामाले बनाएर हस्तान्तर गरेको विद्यालयको भवन संरक्षण गर्ने दायित्व विद्यालय व्यवस्थापन समिति र अभिभावकको भएको बताउनुभयो । “भवन बनाएर मात्रै हुँदैन, विद्यार्थीलाई नियमित उपस्थित गराएर गुणस्तर शिक्षा शिक्षण गर्नुपर्ने कर्तव्य शिक्षकको हो ।”

लामाले भन्नुभयो, “त्यसको लागि अभिभावकको पनि आफ्नो बालबालिका विद्यालय नियमित गएको छ छैन हेर्ने जिम्मा पनि हो, त्यसलाई पनि यहाँहरूले पूरा गर्नुहोला ।” विद्यालयको भवन निर्माण गर्न जर्मनी संस्था हिमालयन परियोजनाको सहयोग रहेको छ । विद्यालय व्यवस्था समितिका अध्यक्ष च्याङबा लामाले समस्यामा रहेको विद्यालयलाई भवन निर्माण गरी बालबालिकालाई सुविधासम्पन्न भवनमा पढ्न पाउने वातावरण बनाएकोमा खुशी व्यक्त गर्नुभयो ।

शिशु कक्षादेखि कक्षा ५ सम्म अध्यापन हुने सो विद्यालयमा बालविकास सहयोगी कार्यकर्ता एक जना, प्रावि राहत शिक्षक दुई जना र निजी स्रोतबाट एक जना गरी चार जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर लामाले बताउनुभयो ।

सो संस्थाले यसअघि सिसाखानीको भूमेस्थान माविको लागि दुई तले आठ कोठे शिक्षक आवशीय भवन र भूकम्पले क्षतिग्रस्त गणेश आधारभूत विद्यालयको लागि सात कोठे विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको चुनावी रन्को, बैशाख ७ मै उम्मेदवारी दर्ता, यस्तो छ तालिका
पत्रकार महासंघको चुनावी रन्को, बैशाख ७ मै उम्मेदवारी दर्ता, यस्तो छ तालिका
रौतहटको गोहानीमा लालबकैया पस्यो : एक सयघर डुबानमा, स्थानीय त्रसित
रौतहटको गोहानीमा लालबकैया पस्यो : एक सयघर डुबानमा, स्थानीय त्रसित
लक्ष्मीपूजापछिको साँझमा गाईघाट (फोटो फिचर)
लक्ष्मीपूजापछिको साँझमा गाईघाट (फोटो फिचर)
उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री
उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
उपराष्ट्रपति पुन निजी निवासमा
उपराष्ट्रपति पुन निजी निवासमा
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)

तपाईंले छुटाउनुभयो कि?