विद्याले स्व रवीन्द्रको जन्मघरबाटको चुनावी अभियान शुरु गर्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
५२ पटक हेरिएको
Shares
विद्याले स्व रवीन्द्रको जन्मघरबाटको चुनावी अभियान शुरु गर्ने

सारांश

  • आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपाकोतर्फबाट उम्मेदवार रहेकी विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गर्ने भएकी छिन् ।
  • स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा शुरुआत गरेका थिए ।
  • उक्त स्थानबाट नै विद्याले चुनावी अभियानको शुरुआत गर्ने नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले जानकारी दिए ।

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपाकोतर्फबाट उम्मेदवार रहेकी विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गर्ने भएकी छिन् । स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा शुरुआत गरेका थिए ।

उक्त स्थानबाट नै विद्याले चुनावी अभियानको शुरुआत गर्ने नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट राजिनामा दिएर निर्वाचनमा आएकी भट्टराईले उक्त स्थानका स्थानीयवासीसँग अन्तक्र्रिया र भेटघाट गरेर अभियान शुरु गर्न लागेकी हुन् । यसैगरी मनोनयन दर्ताको एक दिन मात्र बाँकी रहँदा नेकपासहित साना दल साझा पार्टी, विवेकशील नेपाली दल, समाजवादी पार्टी र राप्रपाले मात्र उम्मेदवार टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेसले भने खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीमा साना दल चुनावी अभियानमा सक्रिय बनिरहेका छन् । आ–आफ्नै एजेण्डाअघि सारेका अधिकांश उम्मेदवारमध्ये केहीको पुरानो राजनीतिक पृष्ठभूमि देखिन्छ भने केही नयाँ छन् । उम्मेदवारले विकास, समृद्धि र सुशासन एवं पहिचानलगायतका मुद्दालाई चुनावी एजेण्डा बनाएर घरदैलोमा पुग्दैछन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको छ । उम्मेदवारले कात्तिक २१ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की
सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
के हो ऐठन ?यस्तो हुनुलाई ऐठन भनिन्छ,के तपाईंलाइ यस्तो महसुस भएको छ ???
के हो ऐठन ?यस्तो हुनुलाई ऐठन भनिन्छ,के तपाईंलाइ यस्तो महसुस भएको छ ???
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
के गर्दै छन अहिले हेमबहादुर थापा मगर  , जस्ले  मदन भण्डारीको शव भेट्टाएका थिए !
के गर्दै छन अहिले हेमबहादुर थापा मगर , जस्ले मदन भण्डारीको शव भेट्टाएका थिए !
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
एथ्लेटिक्समा नेपाललाई कास्य पदक
एथ्लेटिक्समा नेपाललाई कास्य पदक
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
आजको राशिफल
आजको राशिफल

तपाईंले छुटाउनुभयो कि?