विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १, २०८०
|
|
५४ पटक हेरिएको
Shares
विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व रहेको बताएका छन् ।
  • विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व रहेको बताएका छन् ।

विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन् । उनले मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गरी सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन विवाह पञ्चमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल सन्देशमा त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
नेकपाभित्र विवाद : प्रम ओलीले भने, ‘म नहुनेबित्तिकै कसैलाई छटपटी भयो’
नेकपाभित्र विवाद : प्रम ओलीले भने, ‘म नहुनेबित्तिकै कसैलाई छटपटी भयो’
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
सरकार र सिके राउतबीचको सहमतिले देउवा खुशी
सरकार र सिके राउतबीचको सहमतिले देउवा खुशी
रवि लामिछाने सहित तीनै जना अझै ५ दिन हिरासतमा
रवि लामिछाने सहित तीनै जना अझै ५ दिन हिरासतमा
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्

तपाईंले छुटाउनुभयो कि?