विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
३७ पटक हेरिएको
Shares
विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक

सारांश

  • काठमाडौं।
  • शकिब अल हसनको अविजित अर्धशतकको मद्दतमा बंगलादेशले टी-२० विश्वकपको समूह डीको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको छ।
  • तीन खेलमा बंगलादेशको यो दोस्रो जित हो र सुपर आठमा पुग्ने आशा जीवित राखेको छ।

काठमाडौं। शकिब अल हसनको अविजित अर्धशतकको मद्दतमा बंगलादेशले टी-२० विश्वकपको समूह डीको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको छ। तीन खेलमा बंगलादेशको यो दोस्रो जित हो र सुपर आठमा पुग्ने आशा जीवित राखेको छ।

बंगलादेशले ४६ बलमा ९ चौका प्रहार गर्दै शकिबको अविजित ६४ रनको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा नेदरल्यान्ड्सले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो। नेदरल्यान्ड्सका लागि सिब्रान्ड एङ्गेलब्रेचटले २२ बलमा सर्वाधिक ३३ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए। विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए।

बंगलादेशका लागि होसेनले ३ तथा तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमानले र तान्जीम शकीबले १-१ विकेट लिए।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन जोडेको थियो। बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक ६४ रन जोडे । तान्जिद हसनले ३५ रन बनाए भने महमुदुल्लाहले २५ रन जोडे। जाकेर अलीले १४ रन बनाए।

नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले २-२ तथा टिम प्रिंगलले १ विकेट लिए। जित पछि नेपाल समूहमा रहेको बंगलादेशको ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ। सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ।

बंगलादेशको जित पछि श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ। दक्षिण अफ्रिका ३ खेलमा ६ अंक सहित सुपर ८ मा प्रवेश गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?