विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०८०
|
|
५० पटक हेरिएको
Shares
विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित

सारांश

  • काठमाडौं।
  • आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत हिजो भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ।
  • अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो।

काठमाडौं। आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत हिजो भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ।

अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो। भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो।

दुई सय ८५ रनको विजय लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डको पारी दुई सय १५ रनमा समेटियो। क्रिकेट सम्बन्धिको वेभसाइट इएसपीएन क्रिकइन्फो डट कमका अनुसार इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रुकले ६६, डेविड मलानले ३२, आदिल रशिदले २०, मार्क वुडले १८, रेशी टोप्लेले १५, जोय रुटले ११ तथा लियाम लिभिङस्टोन र शाम कुरनले १०/१० रन बनाए।

बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले तीन/तीन तथा मोहम्मद नवीले दुई विकेट लिए। यसअघि अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए। उनले ५७ बलमा आठ चौका र चार छक्का हाने।

गुरबाज र इब्राहिम जद्रानले एक सय १४ रनको साझेदारी गरे। यस क्रममा इब्राहिमले २८ रन जोडे । यस्तै इक्रम अलीखिलले ५८ रन बनाए। उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।

यस्तै मुजिब उर रहमानले २८ रन बनाए। उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने। राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए। बलिङतर्फ इङ्ग्ल्यान्डका आदिल राशिदले तीन, मार्क वुडले दुई तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक एक विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्भनर हटाउने खेल शुरु
गर्भनर हटाउने खेल शुरु
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए
उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित
उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
बालेन शाहसंग सर्बोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ
बालेन शाहसंग सर्बोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ
माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार
माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार
७:४० साँझ को पछिलो अप्डेट बुटवल उपमहानगरपालिका
७:४० साँझ को पछिलो अप्डेट बुटवल उपमहानगरपालिका
पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता
पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता

तपाईंले छुटाउनुभयो कि?