विश्वमै सबैभन्दा धेरै म्यानमार र सिरियाका मानिस विस्थापित

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
विश्वमै सबैभन्दा धेरै म्यानमार र सिरियाका मानिस विस्थापित

सारांश

  • एएफपी- विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख मान्छे विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
  • सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् ।
  • सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको पनि सो प्रतिवेदनमा छ ।

एएफपी- विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख मान्छे विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको पनि सो प्रतिवेदनमा छ ।

यसरी विस्थापित भएका मान्छेको एक दशकयताको हिसाब गर्ने हो भने उक्त अवधिमा करिब ५० प्रतिशतले नै बृद्धि भएको पाइएको छ । एक दशकमात्र अघि यो सङ्ख्या चार करोड २७ लाख रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा छ ।

विस्थापितहरुको यो सङ्ख्या १० वटा देशको मात्र भएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय उच्च शरणार्थी आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताएका छन् ।

सिरियामा सात वर्षसम्म जारी द्वन्द्वको क्रममा ६३ लाख व्यक्ति देश छोडी विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । यो सङ्ख्या विश्वभर रहेका शरणार्थीहरुको तुलनामा तीन भागको एक भाग हुन आउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइनस ३२ डिग्रीमा एभरेष्ट चढेर रचिन इतिहास
माइनस ३२ डिग्रीमा एभरेष्ट चढेर रचिन इतिहास
उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
छतबाट खसेर सशस्त्र प्रहरी जवानको मृत्यु
छतबाट खसेर सशस्त्र प्रहरी जवानको मृत्यु
स्थायी कमिटी बैठकमा हामीले प्रधानमन्त्रीको आलोचना गरेकै छैन् : भीम रावल
स्थायी कमिटी बैठकमा हामीले प्रधानमन्त्रीको आलोचना गरेकै छैन् : भीम रावल
एनसेल र एक्जियटाबाट लाभकर असुल्न सर्वोच्चको परमादेश
एनसेल र एक्जियटाबाट लाभकर असुल्न सर्वोच्चको परमादेश
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
जोशीपछि सर्वोच्चमा दोस्रो वरियताका मिश्रको पनि छैन उज्यालो छवि
जोशीपछि सर्वोच्चमा दोस्रो वरियताका मिश्रको पनि छैन उज्यालो छवि
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन
अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाए:हिसिला
अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाए:हिसिला

तपाईंले छुटाउनुभयो कि?