विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

सारांश

  • काठमाडौं, माघ २५ ।
  • आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ ।
  • प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ ।

काठमाडौं, माघ २५ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतियोगिता खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ । नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागि नामिविया पुगेको थियो ।

यसपटक पनि प्रतियोगिताको शीर्ष दुईमा पर्दै एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा स्थान सुरक्षित गर्ने नेपालको लक्ष्य छ ।

नेपालसँगै आयोजक नामिविया, युएई र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन टु मा घटुवा भएका हुन् ।

त्यसैगरी ओमन र क्यानडा डिभिजन थ्री को शीर्ष दुई स्थानमा रहँदै डिभिजन टु मा बढुवा भएका हुन् ।

६ टोलीले भाग लिएको यो प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिप नाथ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार लगियो
गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार लगियो
ओलीले किन दिए यी चार जनालाई बधाई
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड
१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड
​जलवायू सम्मेलनमा राष्ट्रपति भण्डारीको भाषणको विश्वभरी चर्चा
​जलवायू सम्मेलनमा राष्ट्रपति भण्डारीको भाषणको विश्वभरी चर्चा
पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा
पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा
मतगणनामा ढिलो भएपछि चितवन २ र ३ मा गणनास्थल थपियो
मतगणनामा ढिलो भएपछि चितवन २ र ३ मा गणनास्थल थपियो
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?