विश्व प्रेस स्वतन्त्रता दिवसमा महासंघको प्रभातफेरी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
विश्व प्रेस स्वतन्त्रता दिवसमा महासंघको प्रभातफेरी

सारांश

  • काठमाडौं, २० बैशाख ।
  • नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी आयोजना गर्यो ।
  • “शक्तिको निगरानी ः मिडिया, न्याय र विधिको शासन” भन्ने मूल नाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो ।

काठमाडौं, २० बैशाख । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी आयोजना गर्यो । “शक्तिको निगरानी ः मिडिया, न्याय र विधिको शासन” भन्ने मूल नाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो ।

प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताए । उनले नयाँ कानून बनाउन लाग्दा धेरै नै प्रेस स्वतन्त्रता हनन् गर्ने कोसिस राज्यले गरिरहेकाले त्यस्ता कानून बनाउन लाग्दा सचेत हुनुपर्नेमा जोड दिए । अध्यक्ष आचार्यले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउनका लागि सञ्चारमाध्यमले आफैं अनुगमन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षद्वय तारानाथ दाहाल र डा महेन्द्र विष्टले पनि सम्बोधन गरेका थिए । महासंघको काठमाडौँ शाखाले पनि भृकुटीमण्डपबाट माइतीघर, बबरमहल हुँदै नयाँबानेश्वरसम्म प्रभातफेरी गरेको थियो । महासंघका जिल्ला शाखा तथा वैदेशिक शाखाहरुले पनि आआफ्नो स्थानमा विभिन्न रचनात्मक कार्यक्रमसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छन् । आज मे ३ तारिख विश्वभर नै प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानले नेपालीलाई गरे स्वागत गर्न आग्रह
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
चर्चित गायिका मन्जु पौडेल र सन्तु  थापा को स्वर  नाइनाइ भन्छ मायाले  (भिडियो सहित) हेर्नुहोस्.
चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर नाइनाइ भन्छ मायाले (भिडियो सहित) हेर्नुहोस्.
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई
महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
नेता मदन अमात्यले गरे आर्थिक समृद्धिका योजना सार्वजनिक, चुनाव जित्ने दावि !
नेता मदन अमात्यले गरे आर्थिक समृद्धिका योजना सार्वजनिक, चुनाव जित्ने दावि !

तपाईंले छुटाउनुभयो कि?