वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १४, २०७६
|
|
४५ पटक हेरिएको
Shares
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)

सारांश

  • काठमाडौं, १४ पौष ।
  • स्वर्गीय राजा वीरेन्द्रको आज ७५ औं जन्मदिन ।
  • १४ पौष २००२ मा उनको जन्म भएको थियो ।

काठमाडौं, १४ पौष । स्वर्गीय राजा वीरेन्द्रको आज ७५ औं जन्मदिन । १४ पौष २००२ मा उनको जन्म भएको थियो । आजको दिन वीरेन्द्रको सम्झनामा विविध कार्यक्रम आयोजना गरिएको छ ।

ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्र्यापण गरिएको छ । वीरेन्द्रलाई सम्झना गर्दै सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए ।
तत्कालिन युवराज महेन्द्र र युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहका जेठा छोराका रुपमा उनको जन्म भएको थियो । महेन्द्र पछि वीरेन्द्र उत्तराधिकारी बनेका थिए । उनी २०२८ सालमा महेन्द्रको निधनपछि राजा भएका थिए ।

राजा वीरेन्द्रको २०५८ जेठ १९ गते हत्या भएको थियो । राजदरबार हत्याकाण्डमा मारिएका वीरेन्द्रको वंशनाश नै भयो । हत्याकाण्डको अनुसन्धान गर्न गठित छानविन आयोगले तत्कालिन युवराज दीपेन्द्रले स्वचालित हतियार चलाउँदा दरबार हत्याकाण्ड भएको भनिएको छ । दीपेन्द्रले आत्महत्या गरेको छानविन समितिले उल्लेख गरेको छ ।
वीरेन्द्र नेपालको इतिहासमा लोकप्रीय राजामध्येमा पर्छन् । सालिन व्यक्तित्वका कारण उनी प्रीय थिए । वीरेन्द्रको वंशनाशपछि नेपालको इतिहासले नयाँ मोडमात्र लिएन राजसंस्थाकै अन्त हुने परिस्थिति सृजना भयो ।

(flathatnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद
आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद
पती सीडीओ पत्नी स्वकीय सचिव !
पती सीडीओ पत्नी स्वकीय सचिव !
प्रियंका चोपडा गर्भवती !
प्रियंका चोपडा गर्भवती !
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु :  प्रधानमन्त्री
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा

तपाईंले छुटाउनुभयो कि?