वृद्धवृद्धाको अनुभव सुन्दै उपमहानगरपालिका

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
वृद्धवृद्धाको अनुभव सुन्दै उपमहानगरपालिका

सारांश

  • लमही, १० चैत ।
  • दाङको तुलसीपुर उपमहानगरपालिकाले वृद्धवृद्धाको अनुभव सुन्न थालेको छ ।
  • वृद्धवृद्धाको समस्या पहिचान गरी समाधान गर्नुका साथै पुराना पुस्ताको संस्कार र संस्कृति नयाँ पुस्तालाई जानकारी गराउन वृद्धवृद्धाको कुरा सुन्न थालिएको हो ।

लमही, १० चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले वृद्धवृद्धाको अनुभव सुन्न थालेको छ । वृद्धवृद्धाको समस्या पहिचान गरी समाधान गर्नुका साथै पुराना पुस्ताको संस्कार र संस्कृति नयाँ पुस्तालाई जानकारी गराउन वृद्धवृद्धाको कुरा सुन्न थालिएको हो । तुलसीपुर उपमहानगर स्वास्थ्य शाखाको आयोजनामा शनिबार उपमहानगरपालिका–८ कृष्ण मन्दिरमा आयोजना गरी वृद्धवृद्धाको अनुभव सुनिएको हो ।

वडा नं ३, ८ र ९ का ८० वर्षमाथिका ७० बढी ज्येष्ठ नागरिकको सहभागिता थियो । त्यस अवसरमा ज्येष्ठ नागरिकले पछिल्लो पुस्ताले पुरानो संस्कार र संस्कृति संरक्षण गर्न कुनै ध्यान नदिएको गुनासो गरेका थिए । “हामीले पहिलेदेखि मान्दै आएको संस्कार अहिलेका नयाँ पुस्ताले छोडे” उनीहरुले भने “अब नयाँ पुस्ताले हामीले जस्तै पुरानो संस्कारलाई जोगाउनुपर्छ ।”

साथै वृद्धवृद्धाहरुले उमेर ढल्किँदै गएपछि आफन्तले पनि साथ नदिने गरेको गुनासो गरेका थिए । “अहिले बूढी भएपछि दम आउँछ, हातखुट्टा दुख्छन्, हिँड्डुल गर्न सकिँदैन”, ८२ वर्षीया सेती बस्यालले भन्नुभयो “तर आफन्तले अस्पताल लानसमेत कुनै चासो दिँदैनन् ।”

यस्तै वडा नं ८ की ८४ वर्षीया टनीकला खरेलले सरकारले दिएको वृद्धभत्ताले मात्रै नपुग्ने भन्दै औषधि उपचारको पनि व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा ज्येष्ठ नागरिक सरोकार समिति दाङका अध्यक्ष भोलानाथ योगीले वृद्ध अवस्थामा छोराबुहारीले समेत महत्व नदिने गरेको बताउनुभयो । उहाँले छोराबुहारीको व्यस्तताले गर्दा पनि महत्व नदिएको जस्तो हुने भन्दै त्यसमा वृद्धवृद्धाले ठूलो विषय बनाउन नहुने बताउनुभयो ।

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले वृद्धवृद्धालाई समाजमा पुनःस्थापना गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले तुलसीपुरका प्रत्येक वडामा दिवा सेवा केन्द्र स्थापना गरिने बताउनुभयो । “वृद्धवृद्धा समाजका इतिहास हुन्, उहाँहरुलाई समाजमा पुनःस्थापना गर्नुपर्छ” उहाँले भन्नुभयो, “त्यसका लागि उपमहानगरपालिकाले प्रत्येक वडामा दिवा सेवा केन्द्र स्थापना गर्नेछ ।” उहाँले ज्येष्ठ नागरिकमा आँखाको समस्या हुने भन्दै त्यसका लागि उपमहानगरपालिकाले निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्ने गरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक समाजको बोझ नभई उहाँहरुका अनुभवहरु समाजको सम्पत्ति भएको बताउनुभयो ।

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

त्यस अवसरमा सहभागी भएका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । ज्येष्ठ नागरिकको मधुमेह र मिर्गौला रोगको जाँच तथा रक्तचाप मापन गरिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो ।

ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणपश्चात देखिएको लक्षणको उपचारमा उपमहानगरपाकिले सहयोग गर्ने प्रमुख दाहालले बताउनुभयो । उहाँहरुको समस्याका आधारमा मासिक एक पटक वृद्धवृद्धाको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिनेसमेत उहाँको भनाइ थियो । साथै वृद्धवृद्धालाई आवश्यक पर्ने साबुन, रुमाल, मञ्जन, ब्रस, नङ काट्ने, हयान्ड प्लाष्ट, डिटोल, मास्क पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब
जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब
फेरिएन अध्यक्ष ओलीको कार्यशैली
फेरिएन अध्यक्ष ओलीको कार्यशैली
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु– झलनाथ खनाल
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु– झलनाथ खनाल
एक बालिकाको जिपबाट खसेर मृत्यु
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
यसरी सिकेका थिए सन्दीपले क्रिकेट
यसरी सिकेका थिए सन्दीपले क्रिकेट
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ