व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतारालाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १६, २०७७
|
|
३८ पटक हेरिएको
Shares
व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतारालाई

सारांश

तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जितेका छन् । व्यास–५ मानुङदेखि वडा नं ८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पार गर्दै महताराले जितेका हुन् ।

कालीकोट निवासी महतारा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय भएका थिए । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय भएका छन् । राईले उक्त दूरी तीन घण्टा आठ मिनेट एक सेकेण्डमा र सुनुवारले तीन घण्टा १० मिनेट पाँच सेकेण्डमा पार गरेका छन् । द्वितीय हुने राई गत वर्षका विजेता छन् । म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा २० जिल्लाका १८० धावकको सहभागिता थियो । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायत जिल्लाबाट धावक सहभागी रहेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ पुरस्कार प्राप्त गरेका छन् । नगरपालिकाले यस पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा जाँचविन्दु स्थापना गरिएको थियो । व्यास–४ व्यास रेञ्ज पोष्ट, व्यास –१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल एक हजार ७००, व्यास–८ रिस्ती सोतीबेंसी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा जाँचविन्दु स्थापना गरिएको थियो ।

गत वर्ष म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए । उनले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा कालीकोटका देवराज महतारा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन  र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
देउवाले पेलेपछि पौडेल समूह आन्तरिक छलफलमा, एकलौटी निर्णय नमान्ने चेतावनी
देउवाले पेलेपछि पौडेल समूह आन्तरिक छलफलमा, एकलौटी निर्णय नमान्ने चेतावनी
४३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड
४३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड
ज्यान लिने चालकको लाइसेन्स खारेज गर्न आदेश
लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान
लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान
यस्तो छ सुन काण्डको कहानी- लहरो तान्दा पहरो
यस्तो छ सुन काण्डको कहानी- लहरो तान्दा पहरो
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन
प्रहरीद्वारा अवैध मदिरा बरामद
प्रहरीद्वारा अवैध मदिरा बरामद
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
ओली सरकारको आलोचना गर्ने बेला भएको छैन: पूर्वमन्त्री न्यौपाने
ओली सरकारको आलोचना गर्ने बेला भएको छैन: पूर्वमन्त्री न्यौपाने

तपाईंले छुटाउनुभयो कि?