प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २४, २०७७
|
|
५५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त

सारांश

  • नयाँ प्रकारको कोरोना भाइरसको जोखिमपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण रद्द गरेका छन् ।
  • २६ जनवरीमा भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथीको रुपमा निम्तो गरिएका जोन्सनले कोरोना महामारीका कारण भ्रमण रद्द गरेको जानकारी पठाइसकेका छन् ।
  • बेलायतमा महामारीको खतरालाई दृष्टिगत गरी त्यहाँँँका प्रधानमन्त्रीले भ्रमण नै रद्द गरेका छन् भने नेपालमा महामारीको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली सभा सम्मेलनमा भाषण गर्दै हिंडेका छन् ।

नयाँ प्रकारको कोरोना भाइरसको जोखिमपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण रद्द गरेका छन् । २६ जनवरीमा भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथीको रुपमा निम्तो गरिएका जोन्सनले कोरोना महामारीका कारण भ्रमण रद्द गरेको जानकारी पठाइसकेका छन् ।

बेलायतमा महामारीको खतरालाई दृष्टिगत गरी त्यहाँँँका प्रधानमन्त्रीले भ्रमण नै रद्द गरेका छन् भने नेपालमा महामारीको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली सभा सम्मेलनमा भाषण गर्दै हिंडेका छन् । ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि उनी सभा सम्मेलनमा व्यस्त हुनथालेका छन् । आज ओलीले राजधानी बाहिरको धनगढीमा हजारौं सहभागी सभालाई सम्बोधन गरे ।सरकार आफैले स्वास्थ्य सुरक्षा कायम गर्न भीडभाड नगर्न भनिरहँदा प्रधानमन्त्री ओली स्वयं भीडभाडमा पुगेका छन् । हजारौं सहभागी सभामा सम्बोधन गरेका छन् । यसअघि ओलीले राजधानीमा सयौंको संख्यामा कार्यकर्ताहरुलाई दिनहुँजसो सम्बोधन गर्दै आएका छन् । ओलीले सभा र सम्मेलनहरुमा मास्क नलगाई भाषण गरिरहेको देख्न सकिन्छ ।

नेकपा विवादपछि उत्पन्न परिस्थितिले जुलुस र भीडभाड हुने गतिविधि चलिरहेको छ । नेकपाको प्रचण्ड समूहले दिनहुँजसो जुलुस गर्दै आएको छ । नेताहरु आफै भीडभाडमा मास्क विना नै देखिन थालेका छन् ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी पनि जुलुसहरु गरिरहेका छन् । यसले कोरोना महामारीको खतरा झन् बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी
फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी
चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा
चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा
नेपाल मलेसियाबीचको खेल वर्षाले प्रभावित, सेमीफाइनलको समिकरण के छ?
नेपाल मलेसियाबीचको खेल वर्षाले प्रभावित, सेमीफाइनलको समिकरण के छ?
चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द
चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द
अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच
अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन :  मुख्यमन्त्री शाही
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन : मुख्यमन्त्री शाही
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
दशैंको शुभसाइत सार्वजनिक
दशैंको शुभसाइत सार्वजनिक
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी

तपाईंले छुटाउनुभयो कि?