शनिबार काठमाडौँमा ‘रमाइलो दौड’ हुने

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २५, २०७६
|
|
६१ पटक हेरिएको
Shares
शनिबार काठमाडौँमा ‘रमाइलो दौड’ हुने

सारांश

  • शनिबार काठमाडौँमा स्वास्थ्यका लागि रमाइलो दौड हुने भएको छ ।
  • टीभीएस दशैको दौड अन्तर्गत हुन लागेको रमाइलो दौड नेपालका लागि टीभीएस बाइकको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको आयोजनामा हुन लागेको हो ।
  • दौड नक्सालस्थित बालमन्दिरबाट सुरु भई पुतलीसडक, शहीदगेट तथा रत्नपार्क हुँदै नक्सालस्थित टीभीएस सोरुममा आएर समाप्त हुनेछ ।

शनिबार काठमाडौँमा स्वास्थ्यका लागि रमाइलो दौड हुने भएको छ । टीभीएस दशैको दौड अन्तर्गत हुन लागेको रमाइलो दौड नेपालका लागि टीभीएस बाइकको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको आयोजनामा हुन लागेको हो ।

दौड नक्सालस्थित बालमन्दिरबाट सुरु भई पुतलीसडक, शहीदगेट तथा रत्नपार्क हुँदै नक्सालस्थित टीभीएस सोरुममा आएर समाप्त हुनेछ । दौडमा स्वस्तिमा खड्का, प्रदीप खड्का, केकी अधिकारी लगायतका चर्चित कलाकार पनि सहभागि हुँदैछन् ।

रमाइलो दौडमा सहभागि हुनेले टीभीएस बाइक तथा स्कुटर किन्न चाहेमा चलिरहेको स्कीम थप एक हजार रुपैयाँ छुट पाउने जगदम्बा मोटर्सले जनाएको छ ।

दौडमा सहभागि हुन चाहनेले  https://tvsnepal.com/dashain मा लगइन गरी रजिष्ट्रेसन गर्न सकिनेछ । त्यस्तै टीभीएसका नक्साल, टेकु र कुमारीपाटीका सोरुमहरुबाट पनि रजिष्ट्रेसन गर्न सकिन्छ । शनिबार विहानै ६ बजेदेखि नक्सालस्थित बालमन्दिरमै रजिष्ट्रेसन गर्न सुविधा मिलाइएको छ ।

टीभीएसले दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै दशैंको दौड योजना ल्याएको हो । यस योजना अन्तर्गत कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

त्यसैगरी किन्न गइसके पछि किन्ने वित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ । दुबै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Taarak Mehta Ka Ooltah Chashma actress Disha Vakani aka Dayaben is not returning to the show!
Taarak Mehta Ka Ooltah Chashma actress Disha Vakani aka Dayaben is not returning to the show!
असोज १९ र २० गते सार्वजनिक विदा 
असोज १९ र २० गते सार्वजनिक विदा 
फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
काभे्रपलाञ्चोकमा कृषि शिक्षा लागू
काभे्रपलाञ्चोकमा कृषि शिक्षा लागू
काठमाडौमा छठपर्व विशेष सरसफाइ अभियान, आइतबार बिहानैदेखि यसरी गरिदैछ सरसफाई
काठमाडौमा छठपर्व विशेष सरसफाइ अभियान, आइतबार बिहानैदेखि यसरी गरिदैछ सरसफाई
को को परे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा ?
को को परे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा ?
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण
मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ: प्रमुख निर्वाचन आयुक्त
मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ: प्रमुख निर्वाचन आयुक्त
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै

तपाईंले छुटाउनुभयो कि?