मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ: प्रमुख निर्वाचन आयुक्त

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ३, २०७४
|
|
५० पटक हेरिएको
Shares
मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ: प्रमुख निर्वाचन आयुक्त

सारांश

  • खोटाङ – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ऐतिहासिक निर्वाचन सकिएसँगै लोकतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्नमा लाग्नुपर्ने बताएका छन्।
  • निर्वाचन गतिविधि र निर्वाचनपछिको अवस्थाका विषयमा जानकारी लिन सोमबार खोटाङ आइपुगेका प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनपछि लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत र स्थापित गर्ने कार्यभार नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएको बताएका हुन्।
  • ‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने ऐतिहासिक दायित्व पूरा गरेका छौँ,’ जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलीय भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘आगामी कार्यभार भनेको डेमेक्रेटिक इलेक्सनलाई स्टाब्लिस गर्नु हो ।

खोटाङ – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ऐतिहासिक निर्वाचन सकिएसँगै लोकतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्नमा लाग्नुपर्ने बताएका छन्। निर्वाचन गतिविधि र निर्वाचनपछिको अवस्थाका विषयमा जानकारी लिन सोमबार खोटाङ आइपुगेका प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनपछि लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत र स्थापित गर्ने कार्यभार नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएको बताएका हुन्। ‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने ऐतिहासिक दायित्व पूरा गरेका छौँ,’ जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलीय भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘आगामी कार्यभार भनेको डेमेक्रेटिक इलेक्सनलाई स्टाब्लिस गर्नु हो । जनताको बीचमा लोकतन्त्र, संघीयता, गणतन्त्रलाई स्थापित गर्नु अबको प्रमुख कार्यभार हो । सबैलाई त्यसतर्फ लाग्न आग्रह छ।’

प्रमुख निर्वाचन आयुक्त यादवले विभिन्न जटिलताका वावजुद पनि प्रदेश र प्रतिनिधिसभाको दुई वटा निर्वाचन एकै पटक सम्पन्न भएकामा मतदातालाई बधाई एबं धन्यबाद ज्ञापन गरे। ‘कानून छैन । मिति घोषणा भयो । निर्वाचन क्षेत्र छैन । यी विविध चुनौतीकाबीचमा पनि निर्वाचन गर्‍यौँ । स्टाव्लिस्ड डेमोक्रेटिक कन्ट्रीले समेत दुई वटा निर्वाचन एकैपटक गर्न नसकेको अवस्थामा हामीले गरेर देखायौँ,’ यादवले भने, ‘चुनौतीका बावजुद पनि नेपाली जनताले अदम्य साहस देखाउनु भो । निर्भिकताका साथ मतदात गर्न मतदान केन्द्र जानु भयो । त्यसका लागि नेपाली जनताप्रति आभार व्यक्त गर्छु।’

यादवले नमूना मतपत्रमा दलको वास्तबिक चुनाव चिह्न उल्लेख नहुँदा मतदाता झुक्किएर बढि मत बदर भएको स्वीकार गरे । मत बदरको नैतिक जिम्मेवारी राजनैतिक दलले समेत लिनु पर्ने यादवको भनाई थियो । आगामी दिनमा निर्वाचनलाई प्रविधिमैत्री बनाउदै लैजाने प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री
भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
कुकुरले आत्महत्या गर्ने पुल
कुकुरले आत्महत्या गर्ने पुल
राष्ट्रपतिले खुवाउने राजदुतलाई सपथ
राष्ट्रपतिले खुवाउने राजदुतलाई सपथ
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान
माया पिरतीका यादहरु झल्किने गीत  “यी आँखाले” सार्वजनिक
माया पिरतीका यादहरु झल्किने गीत “यी आँखाले” सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?