शिथिलताका बीच मुलुकको आर्थिक अवस्था मजबुत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
शिथिलताका बीच मुलुकको आर्थिक अवस्था मजबुत

सारांश

  • काठमाडौं ।
  • २०७२ सालको भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण मुलुकको शिथिल अर्थतन्त्र अहिले मजबुत देखिएको छ ।
  • विगतमा चालू खाता र शोधनान्तर स्थिति घाटामा रहने गरेकामा अहिले भने बचतमा देखिएकाले मुलुकको अर्थतन्त्र मजबुत देखिएको छ ।

काठमाडौं । २०७२ सालको भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण मुलुकको शिथिल अर्थतन्त्र अहिले मजबुत देखिएको छ ।विगतमा चालू खाता र शोधनान्तर स्थिति घाटामा रहने गरेकामा अहिले भने बचतमा देखिएकाले मुलुकको अर्थतन्त्र मजबुत देखिएको छ । यद्यपि, सर्वसाधारण र व्यापारी भने आर्थिक मन्दीको चापमा नै रहेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजजिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिनुसार आर्थिक वर्ष २०८०–०८१ मा चालू खाता २ अर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालू खाता गत आवमा १ अर्ब ६६ करोड डलरले बचतमा रहेको छ ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति संस्थाबीच भएका चालू प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालू खाता सन्तुलन हो । चालू खाता घाटा वा बचतमा रहन सक्छ ।

चालू खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालू खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । चालू खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् । आव २०७३–०७४ देखि चालू खाता नोक्सानमा रहँदै आएको थियो । चालू खातालाई मुलुकको खुद आम्दानीका रूपमा समेत हेरिन्छ ।

गत आवमा पुँजीगत ट्रान्सफर २२ दशमलव ९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड मात्र रहेको थियो ।

यसैगरी, शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले ३ अर्ब ७७ करोडले बचतमा रहेको छ । मुलुकबाट रकम बाहिरिने भन्दा भित्रिने बढी हुँदा शोधानान्तर बचतमा हुने गर्छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२ दशमलव ६ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा २०८१ असार मसान्तमा ३० दशमलव ४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।

आव २०८०–०८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ दशमलव ६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपात क्रमशः २८ दशमलव ८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

२०८१ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २१ खर्ब ७६ अर्ब ९८ करोड रुपैयाँ तथा दायित्व १८ खर्ब ९० अर्ब ६० करोड रुपैयाँ रहेको छ । फलस्वरूप खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ८६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ । २०८० असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति १ खर्ब ७७ अर्ब २ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अघिल्लो आवको असारसम्म ७ दशमलव ४४ प्रतिशतमा पुगेको बिन्दुगत उपभोक्ता मूल्यवृद्धि गत असारसम्म घटेर ३ दशमलव ५७ प्रतिशतमा सीमित भएको छ । औसतमा वार्षिक उपभोक्ता मूल्यवृद्धि पनि ५ दशमलव ४ प्रतिशतमा ओर्लिएको छ । अघिल्लो वर्ष यस्तो दर ७ दशमलव ७४ प्रतिशतमा थियो ।

रेमिट्यान्स वृद्धिका कारण अहिले मुलुकको अर्थतन्त्र बलियो देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आव २०८०–०८१ मा रेमिट्यान्स आप्रवाह १६ दशमलव ५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

१९ महिनादेखि निरन्तर रूपमा मासिक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । असार महिनामा मात्रै १ खर्ब १७ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आव २०७९–०८० मा १२ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

गत आवमा पर्यटकहरूबाट ८२ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको छ भने नेपालबाट विद्यार्थी र घुम्न जानेलगायतले १ खर्ब ८९ अर्ब रुपैयाँ लगेका छन् । यसमध्ये अध्ययन गर्न जानेले मात्रै १ खर्ब २५ अर्ब रुपैयाँ विदेश लगेका छन् । नेपाल अध्ययन गर्न आउने विदेशी विद्यार्थीले ६ अर्ब १ करोड भित्र्याएका छन् ।

आव २०८०–०८१ मा सरकारको वित्त स्थिति भने ३ खर्ब ८२ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४ खर्ब ९१ अर्ब ७८ करोड रुपैयाँले घाटामा थियो ।

गत आवमा सरकारले १० खर्ब ५८ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि, यस अवधिमा सरकारी खर्च १४ खर्ब ८ अर्ब रुपैयाँ भएको छ । अघिल्लो आव २०७९–०८० मा ९ खर्ब ५७ अर्ब ३५ करोड राजस्व संकलन गरेको सरकारले १४ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेको थियो ।

आव २०८०–०८१ मा सरकारले २ खर्ब ३४ खर्ब ४२ करोड आन्तरिक ऋण परिचालन गरेको छ । यस अवधिमा १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसअनुसार गत आवमा ५१ अर्ब ८० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ । जुन कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ९ प्रतिशत हो ।

गत आवमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन अघिल्लो आव २०७९–०८० को भन्दा ५ दशमलव ८ प्रतिशत मात्रै बढी हो ।

प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव ३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ७ प्रतिशत रहेको छ ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५ दशमलव ८ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ५ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ७ दशमलव ७ प्रतिशतले बढेको छ ।

– वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत
– आयातमा १ दशमलव २ प्रतिशतले र निर्यातमा ३ प्रतिशतले कमी
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६ दशमलव ५ प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव ५ प्रतिशतले वृद्धि
– शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा
– कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर
– १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ८ प्रतिशतले वृद्धि
– बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब रुपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब रुपैयाँ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Methods to Be a Sugars Baby On-line
ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
विश्वकप क्रिकेटः अमेरिकालाई हराउँदै भारत ‘सुपर आठ’मा
विश्वकप क्रिकेटः अमेरिकालाई हराउँदै भारत ‘सुपर आठ’मा
देशभर कोरोना संक्रमणबाट बितेको २४ घन्टाभित्र ४ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा आइतवार ५९७ जना कोरोना संक्रमित थपिए
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
भाइरल बन्दै  चर्चित गायक  खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत  “भिटामिन”  ! हेर्नुहोस   (भिडियो सहित)
भाइरल बन्दै चर्चित गायक खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत “भिटामिन” ! हेर्नुहोस (भिडियो सहित)
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
थाहा पाउनुहाेस् तपाईंकाे राशीफल
थाहा पाउनुहाेस् तपाईंकाे राशीफल