शेयर बजार- चार अंकले घट्यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २९, २०७४
|
|
५६ पटक हेरिएको
Shares
शेयर बजार- चार अंकले घट्यो

सारांश

  • काठमाडौँ, २९ माघ , लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.
  • ४२ बिन्दुले घटेको छ ।
  • नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० बिन्दुमा पुगेको छ ।

काठमाडौँ, २९ माघ , लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७४ बिन्दुले घटेर २९२ बिन्दुमा पुगेको छ ।

आज कूल १५६ कम्पनीको छ लाख ८४ हजार २८ कित्ता शेयर रु २४ करोड ६७ लाख ६ हजार ७८१ मूल्यमा कारोबार भएको छ ।

आज व्यापार ४.७२, विकास बैंक ६.७६ र अन्य समूह ३.९३ बिन्दुले उकालो लागेको थियो भने बैंकिङ चार, होटल ९.२८, जलविद्युत् १.७४, फाइनान्स २.१६, बीमा ७३.०३, उत्पादन १४.६३ र माइक्रोफाइनान्स ६.७ बिन्दुले ओरालो लागेको छ ।

शिवश्रीको आइपिओ आउँदै

शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई १० प्रतिशत शेयर निष्कासनको तयारी गरेको छ ।

कम्पनीले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई रु २० करोड बराबरको साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिनुपर्ने कानूनी प्रबन्धका कारण कम्पनीले दुवै समूहलाई शेयर दिन लागेको हो ।

कम्पनीले साधारण शेयर जारी गर्नका लागि यसअघि नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यस्तै कम्पनीले आगामी तीन महिनाभित्र २२ मेगावाट क्षमताको माथिल्लो चाकुखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्ने छ । कम्पनीका प्रमुख उमेश कसजुका अनुसार हाल आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको लागत रु चार अर्ब तीन करोड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्षमा पहिलो पटक आईएस नाइके भिडिओमा देखा परे, श्रीलंका घटनाको जिम्मेवारी लिए
पाँच वर्षमा पहिलो पटक आईएस नाइके भिडिओमा देखा परे, श्रीलंका घटनाको जिम्मेवारी लिए
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन् : कोमी
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन् : कोमी
न्यायाधीश जोशीको त्यान्द्रे आशा मेटियो
न्यायाधीश जोशीको त्यान्द्रे आशा मेटियो
औद्योगिक बिकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्छः मन्त्री जोशी
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
बढि भएको बिजुली बेचेर यसरी पैसा कमाउनुस
बढि भएको बिजुली बेचेर यसरी पैसा कमाउनुस
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा को हुन्
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा को हुन्

तपाईंले छुटाउनुभयो कि?