शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु

सारांश

  • जुम्ला, २४ पुस ।
  • चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ ।
  • कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला, २४ पुस । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ ।

कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

शौचालय वरिपरि राखेको दाउराको खतान (चाङ) र सुकेको खरमा आज बिहान ५ः०० बजेतिर आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगो लागेपछि गाउँलेले प्रहरीलाई खबर गर्नेबित्तिकै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको स्थानीयवासी देवीप्रसाद सिम्खाडाले बताए ।

आगलागीबाट शौचालयमा क्षति पुग्यो भन्ठानिएकामा नचिनिने अवस्थामा मान्छेको शव भेटिएको र को हो भनी यकिन गर्दा उपाध्याय नै रहेको सिम्खाडाले बताए ।

यता प्रहरीले हातखुट्टा टाउको लगायतका भाग जलेको अवस्थाको शव भेटिएको र सोको मुचुल्का बनाई परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पु¥याइएको बताएको छ ।

आगलागी र शौचालयभित्र उपाध्यायको जलेर मृत्यु भएको घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?