श्रम स्वीकृति लिएर विदेश जाने २०७४/०७५ पछिको सबैभन्दा बढी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ५, २०७९
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ।
  • यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी हो।

काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी हो।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए ।

कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो । गत वर्षको यही अवधिको तुलनामा चालू आवको चैतसम्म लगभग तेब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।

गत वर्षको चैतसम्म १ लाख ४६ हजार ४० रहेकोमा चालू आवमा ५ लाख ५५ हजार ५७३ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?