श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ८, २०७६
|
|
५३ पटक हेरिएको
Shares
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी

सारांश

  • सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको घटनाले समग्र देश नै शोकमा छ ।
  • अनि त्रासमा पनि ।
  • आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् ।

सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको घटनाले समग्र देश नै शोकमा छ । अनि त्रासमा पनि । आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको सीताको बयान दिइन् । घटनाक्रम अघि बढ्दै जाँदा एक व्यक्ति झुण्डएर मरेको अवस्थामा फेला परे । मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।

सोही गाउँपालिका वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो । झुण्डिएर आत्महत्या गर्ने व्यक्ति मानबहादुर माखिम रहेछन् । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् ।

पारिवारिक सम्बन्धका व्यक्ति भएपछि उनैले हत्या गरेर आत्महत्या गरेका हुन् कि भन्ने आशंका बढ्यो । यसैबीच उनले आत्महत्या गरेकै स्थान नजिक रगत लतपतिएको धारिलो हतियार पनि भेटिएपछि मानबहादुरले नै ९ जनाको हत्या गरेको हो कि भन्ने आशंकामा बल पुग्यो । माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको छ ।

अनुसन्धानका क्रममा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । प्रहरीका अनुसार मानबहादुरको श्रीमतीसँगको सम्बन्ध बिग्रिएको थियो । पछिल्लो समय सम्बन्धबिच्छेदको प्रक्रियासमेत सुरु भएको बताइन्छ ।

बमबहादुरकी श्रीमती माइतीमा बस्दै आएकी थिइन् । मानबहादुरले बमबहादुर र धनराजकै परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका थिए । यही रिसमा विभत्स हत्या गरेको हुन सक्ने आशंका पनि गरिएको छ ।

९ जनाको हत्या हुँदा भागेर बाच्न सफल १२ वर्षीया बालिका सीता खजुमको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार राति मिक्लाजुङ ३ आरुबोटेमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई परिवारका ९ जनाको हत्या गरेका थिए । घटनास्थलबाट भागेर बाँच्न सफल खजुमको दायाँ हातमा चोट लागेको छ । बालिकाको हातको कुइनोमा चार टाँचा लगाइएको छ । कडा सुरक्षाबीच बालिकाको उपचार भइरहेको छ ।

यसैबी मृत्यु भएकाहरुको पोष्ट मार्टमका लागि शव धरानस्थित विपी कोइरालाई मेमोरियल अस्पताल ल्याउने तयारी भइरहेको छ । तर मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
प्रधानमन्त्रीलाई छातीमा समस्या, भेट्न नेता, कार्यकर्ता अस्पतालमा
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
प्रहरी कार्यालय नजिकैकाे मालपोत कार्यालयमा तोडफोड
प्रहरी कार्यालय नजिकैकाे मालपोत कार्यालयमा तोडफोड
कांग्रेससँग गठबन्धन तोड्दै देशभर उम्मेदवारी दिने राप्रपाको तयारी
विश्वकप फुटबल २०१८: नकआउट चरणमा खेलाइने बलमा के के संकेत छन् ?
विश्वकप फुटबल २०१८: नकआउट चरणमा खेलाइने बलमा के के संकेत छन् ?
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए !
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए !
नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित
नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित

तपाईंले छुटाउनुभयो कि?