श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ४, २०७६
|
|
४५ पटक हेरिएको
Shares
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास

सारांश

  • धादिङ।
  • आफ्नै श्रीमती र दुई वर्षीय छोरालाई आगो लगाएर मार्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले धादिङ सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने २८ गणेश लम्साललाई पक्राउ गरेको हो।

धादिङ। आफ्नै श्रीमती र दुई वर्षीय छोरालाई आगो लगाएर मार्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले धादिङ सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने २८ गणेश लम्साललाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरिक्षक रुपक खड्काका अनुसार पक्राउ परेका लम्सालले श्रीमती बिमला लम्साल र दुई वर्षीय छोरा जेनिस लम्साललाई सुतिरहेको अवस्थामा तारपिनको तेल छर्केर आगो लगाएका थिए।

प्रवक्ता खड्काले बताएअनुसार घरायसी विवादका कारण यो घटना घटेको हो। आगोका कारण श्रीमती र छोरा दुवै घाईते भएका छन्। श्रीमतीको अनुहार, बाँया हात र छोराको कोखा, टाउको र हातको भाग जलेको खड्काले जानकारी दिए।

घाईतेहरुलाई जिल्ला अस्पताल धादिङवेशीमा ल्याई उपचार पश्चात थप उपचारको लागी काठमाडौं रिफर गरिएको छ। साथै दुवै जनाको अवस्था मध्यम रहेको उनले बताए। श्रीमान गणेश लम्साललाई भने नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासत कक्षमा राखी अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगका तीन विकल्प
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगका तीन विकल्प
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
  सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति
  सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
मुख्यमन्त्रीसंँगकाे बिवादमा मन्त्री स्थापितले यसाे भने
मुख्यमन्त्रीसंँगकाे बिवादमा मन्त्री स्थापितले यसाे भने
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख
श्रीमतीको हत्यारा पक्राउ !
श्रीमतीको हत्यारा पक्राउ !