श्रीलंकामा संकट गहिरिँदै, देशव्यापी कर्फ्यू

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २०, २०७८
|
|
५४ पटक हेरिएको
Shares
श्रीलंकामा संकट गहिरिँदै, देशव्यापी कर्फ्यू

सारांश

  • कोलम्बो।
  • श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ।
  • आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो।

कोलम्बो। श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ। आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो। राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन्। सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ।
विगतमा, आपतकालीन आदेशले सेनालाई संदिग्धहरूलाई पक्राउ पूर्जी बिना पक्राउ गर्न र हिरासतमा राख्न अनुमति दिएको थियो । तर, प्रतिबन्धहरू प्रस्ट नभएको बताइन्छ । राष्ट्रपतिको आपतकालीन शक्तिहरू परिभाषित गर्ने नियमहरू जारी हुन बाँकी रहेको बताइएको छ।

शुक्रबार दिउसो पसलहरु खुलेका र यातायात सामान्य रहेको थियो भने केही पेट्रोल पम्पमा प्रहरी तैनाथ थिए । सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालिन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही
भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने
डा. भागवत आचार्यको अध्यक्षतामा खामतेल मञ्चको नयाँ कार्यसमिति चयन
डा. भागवत आचार्यको अध्यक्षतामा खामतेल मञ्चको नयाँ कार्यसमिति चयन
भेनेजुएलाका राष्ट्रपतीलाइ डोनाल्ड ट्रम्प प्रशासनले मान्यता नदिने !
भेनेजुएलाका राष्ट्रपतीलाइ डोनाल्ड ट्रम्प प्रशासनले मान्यता नदिने !
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह

तपाईंले छुटाउनुभयो कि?