संगीतका पारखीहरुको माझमा रानु निरौला

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १६, २०७४
|
|
५९ पटक हेरिएको
Shares
संगीतका पारखीहरुको माझमा रानु निरौला

सारांश

  • रानु निरौला सांगीतिक बजारमा उदाउँदो नाम हो ।
  • विराटनगरमा जन्मिएकी रानुको चर्चा छोटो समयमै चुलिँदो छ ।
  • करिब १० वर्ष ब्यूटिपार्लर व्यवसायमा आबद्ध उनको औपचारिक सांगीतिक यात्रा भने दुई वर्ष अगाडिदेखि मात्रै आरम्भ भएको हो ।

रानु निरौला सांगीतिक बजारमा उदाउँदो नाम हो । विराटनगरमा जन्मिएकी रानुको चर्चा छोटो समयमै चुलिँदो छ । करिब १० वर्ष ब्यूटिपार्लर व्यवसायमा आबद्ध उनको औपचारिक सांगीतिक यात्रा भने दुई वर्ष अगाडिदेखि मात्रै आरम्भ भएको हो ।

‘ब्रेक फेल’ बोलको गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी रानुको अहिलेसम्म ७ वटा म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भइसकेको छ । अब्बल गायिकाका कारण छोटो समयमै चर्चा कमाउन सफल उनी गायिका मात्रै नभएर शब्द÷संगीत रचना पनि गर्छिन् ।

निकट भविष्यमै उनले आफ्नै शब्द र संगीत रहेको ‘आगो आगो’ बोलको ‘क्लब सङ्’ बजारमा ल्याउँदै छिन् । अहिले सो गीतको म्यूजिक भिडियो बनाउने काम भइरहेको छ । त्यस्तै पिरतीको फुल बोलको आधुनिक गीत पनि रेकर्डिङ भइसकेको र त्यसको म्यूजिक भिडियो बनिरहेको रानुले जानकारी दिइन् ।

सुरिलो स्वरकी धनी रानु आफ्नै कला र गलाका कारण चर्चित छिन् नै त्यससँगै उनीसँग अर्को रहस्यमय परिचय पनि छ । अर्थात् उनी चर्चित हास्य कलाकार तथा चलचित्र निर्माता/नायिका दीपाश्री निरौलाकी कान्छी बहिनी पनि हुन् । यो कुरा धेरैले अनुहार हेरेर अनुमान लगाउन सक्छन् किनकि रानुको दीपाश्रीसँग काटीकुटी अनुहार मिल्दछ । दिदीसँग अनुहार मिलेकै कारण धेरै ठाउँमा ‘दीपाश्री निरौला’ भनेर मानिसहरु झुक्किने गरेको अनुभव सुनाउँछिन् उनी ।

ब्यूटिसियन क्षेत्रमा एक दशकसम्म जमेर बसेकी रानु पैसाका लागि नभएर रहरले सांगीतिक क्षेत्रमा होमिएकी हुन् । ब्यूटि पार्लरमा टन्न पैसा कमाउन छोडेर किन यो क्षेत्रमा आउनुभयो भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘रहर जाग्यो । मान्छेको लागि रहर सबैभन्दा ठूलो कुरो रहेछ । त्यो भन्दा ठूलो आत्मसन्तुष्टि के नै हुन्छ र । त्यसैले छोटो समयको यात्रामै सांगीतिक क्षेत्रबाट मलाई सन्तुष्टि मिलेको छ ।’

सानै उमेरदेखि गीत संगीतमा रमाउने उनी भजनकीर्तन गाउँनेदेखि गाउँमा हुने कार्यक्रमहरुमा नाँच्ने पनि गर्थिन् । औपचारिक शिक्षा संगीत क्षेत्र नभएपनि आफ्नो २/३ वटा गीत सार्वजनिक भइसकेपछि संगीतकार÷कम्पोजर नरहरी प्रेमीको श्रुति संगीतालयमा भोकल क्लास लिन सुरु गरेकी उनी अहिले पनि त्यही सिकिरहेकी छिन् ।

उनीले आफ्नो गीत सँगसँगै स्टेज कार्यक्रमहरुमा पनि पर्फमेन्स दिने गरेकी छिन् । अहिलेसम्म देशभित्र हुने विभिन्न कार्यक्रमहरुबाट दर्शकको मन जितेकी उनले विदेशको कार्यक्रममा समेत जाने तयारी गरिरहेको योजना सुनाइन् । गायिका रानु वग्गी एण्ड हर्ष राइडिङको ब्राण्ड एम्बेस्डरसमेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै
पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै
हावाहुरीमा परेर कावासोतीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति
हावाहुरीमा परेर कावासोतीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति
विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी
विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या
यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !

तपाईंले छुटाउनुभयो कि?