संविधान सबैको भावना अनुरूप छः देउवा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ४, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ४ मंसिर ।
  • नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताएका छन्।
  •  राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित कांग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उनले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताए।

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताएका छन्। राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित कांग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उनले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताए।

जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा कांग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको औंल्याए। उनले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताए। सभापति देउवाले सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा हस्तक्षेप गर्न नहुने धारणा राखे। उनले पार्टीभित्रको कमजोरीलाई सुधार्दै अघि बढ्न पार्टीका जिम्मेवार पदाधिकारीलाई आग्रह गरे।

पार्टीका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पार्टीलाई समयानुकूल अघि बढाउन विधान संशोधनको विकल्प नरहेको धारणा राखे। केन्द्रीय सदस्यद्वय डा ज्ञानेन्द्र कार्की र डिला सङ्ग्रौलाले सरकारलाई सही मार्गमा ल्याउन कांग्रेसको भूमिका बढाउनुपर्ने विचार व्यक्त गरे। राष्ट्रिय राजनीतिमा कांग्रेसलाई कसरी डोर्याउने, आर्थिक र राजनीतिक रणनीति के हुने र पार्टीलाई समयसापेक्ष बनाउन विधानमा हुने संशोधनका विषयबारे सुझाव लिने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा प्रदेश नं १ का पार्टी सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधिको सहभागिता छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
कुटपिटबाट एकजनाकाे मृत्यु, ७ जना पक्राउ
कुटपिटबाट एकजनाकाे मृत्यु, ७ जना पक्राउ
पुर्व उर्जा मन्त्रीकाे नारा पछाडि याे वाक्य थपे अहिलेका उर्जा मन्त्रीले !
माघ १८ गते प्रदेशसभा बैठक आह्वान
माघ १८ गते प्रदेशसभा बैठक आह्वान
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
पशुपतिमा गुठीको गोलमाल
पशुपतिमा गुठीको गोलमाल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !

तपाईंले छुटाउनुभयो कि?