सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २७, २०७९
|
|
६१ पटक हेरिएको
Shares
सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

सारांश

  • काठमाडौँ ।
  • नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन् ।
  • नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताए ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताए ।

“सङ्क्रमणकालीन न्याय दशवर्षे जनयुद्धको विषय हो, यो विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय होइन”, उपाध्यक्ष महराले भने, “यो विषयमा आयोगबाटै टुङ्ग्याउनुपर्छ ।” सङ्क्रमणकालीन न्याय निरुपण गर्न गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।

उपाध्यक्ष महराले सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्छ, कानुनद्वारा समाधान खोज्न हँुदैन ।”

पूर्वमाओवादी घटकहरूबीच सकेसम्म एकता गर्ने, नभए कार्यगत एकता गरेर बलियो शक्ति भएर अघि बढ्नुपर्ने र माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मुद्दाहरू कमजोर हुने खतरा भएको बताए ।

नेत्री हिसिला यमीले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि आयोगका पदाधिकारीलाई निरन्तरता दिनुपर्ने र विस्तृत शान्तिसम्झौताअनुसार नै सङ्क्रमणकालीन न्यायको काम पूरा गर्नुपर्ने बताए । उनले सङ्क्रमणकालीन न्यायको समस्या समाधान जतिसक्दो छिटो समाधान गर्नुपर्ने र यसलाई गिजोलेर राख्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मेको बेला साटिएका दुई बालकको रोचक कथा
जन्मेको बेला साटिएका दुई बालकको रोचक कथा
सरकारले तोकेभन्दा एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना !
सरकारले तोकेभन्दा एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना !
रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते
रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
नेप्से संचालक समितिको लापरवाहीका कारण लगानीकर्ताको सम्पत्ति बन्धकमा
नेप्से संचालक समितिको लापरवाहीका कारण लगानीकर्ताको सम्पत्ति बन्धकमा
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
दुबई सरकारले ल्यायो नयाँ नियम, अब दुबई जान नेपालीलाई झन् महंगो
दुबई सरकारले ल्यायो नयाँ नियम, अब दुबई जान नेपालीलाई झन् महंगो
प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा
कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु

तपाईंले छुटाउनुभयो कि?