सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
६२ पटक हेरिएको
Shares
सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु

सारांश

  • नैरोबी ।
  • उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ ।
  • तुर्काना सेन्ट्रल सबकाउन्टीका प्रहरी कमाण्डर लेम्मी न्जिरुले राति करिब १० बजे दुर्घटना भएको जानकारी दिएका छन् ।

नैरोबी । उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ ।

तुर्काना सेन्ट्रल सबकाउन्टीका प्रहरी कमाण्डर लेम्मी न्जिरुले राति करिब १० बजे दुर्घटना भएको जानकारी दिएका छन् । लोद्वार–काकुमा सडकमा ऊँटलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

केन्याका सडक सुरक्षा प्रवर्द्धकहरूले तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सडक दुर्घटना बढेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?