सपना पुरा भएका छैनन, हाम्रो लडाई जारी छ: मन्त्री मगर

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३, २०७५
|
|
६१ पटक हेरिएको
Shares
सपना पुरा भएका छैनन, हाम्रो लडाई जारी छ: मन्त्री मगर

सारांश

  • काठमाडौं, असार २ ।
  • खानेपानी मन्त्री बीना मगरले शहीद र वेपत्ता नागरिकले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाएकि छन ।
  • नेकपा (माओवादी) ले सञ्चालन गरेको दीर्घकालिन जनयुद्धका क्रममा काठमाडौंबाट बेपत्ता पारिएका विपिन भण्डारी (सुशिल) र दिलबहादुर राई (प्रविण)को स्मृतिमा आयोजित “वेपत्ता योद्धाहरुको योगदान र वर्तमानमा हाम्रो दायित्व” विषयक कार्यक्रममा मन्त्रि मगरले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

काठमाडौं, असार २ । खानेपानी मन्त्री बीना मगरले शहीद र वेपत्ता नागरिकले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाएकि छन ।

नेकपा (माओवादी) ले सञ्चालन गरेको दीर्घकालिन जनयुद्धका क्रममा काठमाडौंबाट बेपत्ता पारिएका विपिन भण्डारी (सुशिल) र दिलबहादुर राई (प्रविण)को स्मृतिमा आयोजित “वेपत्ता योद्धाहरुको योगदान र वर्तमानमा हाम्रो दायित्व” विषयक कार्यक्रममा मन्त्रि मगरले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

“हामी अहिले जुन राजनीतिक उपलब्धिको कुरा गर्दैछौं, त्यो सबै शहीद र वेपत्ता साथीहरुको योगदानका कारण हो ।” मन्त्री मगरले भनिन्, “हाम्रा सपना अझै पुरा भएका छैनन, हाम्रो लडाई जारी छ ।” माओवादी नेता विपिन भण्डारीबाट आफूले राजनीतिकरुपमा धेरै कुरा सिकेको बताउनुहुँदै मन्त्री मगरले व्यक्तिगत स्वार्थभन्दा जनताको हितलाई माथि राखेर राजनीति गर्नुपर्ने शिक्षा र प्रेरणा वहाँहरुबाट पाएको बताए । कञ्चनपुरबाट काठमाडौं आएको बेला राजनीतिक सचेतना र नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा र उर्जा दिने दर्जनौं साथीहरु शहीद र केही वेपत्ता भएको उनले बताइन् ।

“हामीले वहाँहरुले साँचेको सपना बिर्सेका छैनौं । वहाँहरुको योगदानकै कारण आज देशमा यति परिवर्तन भएको छ ।” मन्त्री मगरले भनिन्, “तर वहाँहरुले खोजेको यतिमात्रै होइन, आम दुखी, मजदूर किसानको आँगनमा घाम झुल्किने व्यवस्था अझै आएको छैन ।

अहिले हामी त्यसकै लागि फेरी नयाँ संघर्षमा छौं ।” मन्त्री मगरले वेपत्ताहरुको अवस्था सार्वजनिक गर्न पटकपटक बिभिन्न तहबाट प्रयास भएपनि कतिपय साथीहरुको अवस्था सार्वजनिक हुन नसकेकोमा दुख व्यक्त गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?