सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १८, २०७४
|
|
५६ पटक हेरिएको
Shares
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन

सारांश

  • १८ असार,काठमाडौं ।
  • प्रमुख विपक्षी नेकपा एमालेले सप्तरीको तिलाठी लगायतका गाउँका बाढी पीडित नागरिकलाई तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
  • एमोले आफ्ना कार्यकर्तालाई पनि डुबान पीडितका राहत तथा उद्दारमा सहभागी हुन निर्देशन दिएको छ ।

१८ असार,काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सप्तरीको तिलाठी लगायतका गाउँका बाढी पीडित नागरिकलाई तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एमोले आफ्ना कार्यकर्तालाई पनि डुबान पीडितका राहत तथा उद्दारमा सहभागी हुन निर्देशन दिएको छ ।

१६ गतेको रातभरको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा आएको बाढीबाट पीडित नागरिकलाई तत्काल उद्दार गरी बसोबासको प्रबन्ध मिलाउन एमालेले माग गरेको हो । महासचिव ईश्वर पोखरेलले एक बिज्ञप्ति जारी गर्दै सप्तरीबासीलाई सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् ।

 

बाढीमा परी सशस्त्र प्रहरीका हवलल्दार सुमन आचार्यको निधनमा भएको थियो । करिब एक हजार पाँच सय घर डुवानमा परी स्थानीय बासिन्दा विस्थापित भएको एमालेले जनाएको छ ।

महुली खोलामा आएको बाढीका कारण त्रिकौलका १ सय ५० र तिरहुत गाउँपालिका-५, भेडियाका ७० घर, दुधैला खोलामा आएको बाढीले रुपनी गाउँपालिका-६, वीरेन्द्रनगर बजारका ६ घर डुबानमा परेका छन् ।

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका बेल्हीका ५० र सकरपुरका ५०, कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिकालगायतका क्षेत्रका सयौं घर डुबानमा परेका एमालेको बिज्ञप्तिमा जनाईएको छ ।

बिपद् क्षेत्रमा सहयोगमा खट्न एमालेले कार्यकर्तालाई निर्देशन पनि गरेको छ ।

 

(https://www.bricks4kidz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ
प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
काँग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन- सिंह
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
भारतका कारण नेपालमा बाढी : रावल
भारतका कारण नेपालमा बाढी : रावल
शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो

तपाईंले छुटाउनुभयो कि?