सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
५४ पटक हेरिएको
Shares
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने

सारांश

  • दमौली ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।
  • तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए ।

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए ।

गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो । “मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्दान्तिक मतभेद होला, तर मुलुकका साझा एजेण्डामा दलबीच फरक मतभेद हुनुहुँदैन,” उनले भने ।

“अहिले वादविवाद गर्ने, झै–झगडा गर्ने बेला नभइ देशको विकासका लागि जुट्ने बेला हो,” उनले भने । रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको सभापति लामिछानेले बताए । नागरिकका आम समस्या समाधानमा आफूहरु लागिरहेको भन्दै उनले भने, “देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ।”

उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे । “सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ”, उनले भने । राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सधै विरोध गर्ने उनको भनाइ थियो ।

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरे । उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

तीन वटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाए । “तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी एकता स्थलबाटै माधबकुमार नेपाल लुसुक्क बाहिरिनुको रहष्य यस्तो रहेछ
पार्टी एकता स्थलबाटै माधबकुमार नेपाल लुसुक्क बाहिरिनुको रहष्य यस्तो रहेछ
यसरी गरे माइनस ९ डिग्रीमा ४ घण्टा हिडेर मतदान, नागरिक दैनिक
यसरी गरे माइनस ९ डिग्रीमा ४ घण्टा हिडेर मतदान, नागरिक दैनिक
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
थाहा पाउनुहोस् तपाईंको राशिफल
थाहा पाउनुहोस् तपाईंको राशिफल
विश्वकै धनी युट्युबर र्‍यान
विश्वकै धनी युट्युबर र्‍यान
राष्ट्रियसभाको बैठक स्थगित
राष्ट्रियसभाको बैठक स्थगित
छठपछि सिंहदरबार घेर्ने तयारी !
छठपछि सिंहदरबार घेर्ने तयारी !
डा. केसीलाई भोकै बसाउने माथेमा आयोगको प्रतिवेदनमा के छ ?
डा. केसीलाई भोकै बसाउने माथेमा आयोगको प्रतिवेदनमा के छ ?
आज आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य संस्थाको सेवा बन्द
आज आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य संस्थाको सेवा बन्द
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित

तपाईंले छुटाउनुभयो कि?