सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता

सारांश

  • काठमाडौँ, २६ वैशाख ।
  • सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ ।
  • ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजिआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले  सभामुख महरासँग भेटवार्ता गरेको हो ।

काठमाडौँ, २६ वैशाख । सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ ।

ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजिआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले  सभामुख महरासँग भेटवार्ता गरेको हो ।

त्यस अवसरमा सभामुख महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको भएको बताउनुभयो । “नेपाल र बेलायतको सम्बन्ध राजनीतिक स्तरमा मात्रै सीमित छैन, जनस्तरमा समेत रहेको छ”, उहाँले भन्नुभयो, “जनता–जनता बीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको छ ।”

नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणालीको शुरु भएको बताउँदै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षा हुने बताउनुभयो । “हामी संघीयताको अभ्यास गर्दैछौँ, अहिले स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बेलायत र नेपालको संसदीय प्रक्रिया उस्तै उस्तै भएकाले एक अर्काको अनुभव आदान प्रदानका साथै हामी बेलायतबाट सिक्न चाहन्छौँ ।”

बेलायतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक निर्माण लगायतका क्षेत्रमा लगानी गरिरहेको भन्दै सभामुख महराले यसले दुई देश र जनतासम्मको सम्बन्धलाई बलियो र नजिक बनाएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा भत्ता दैलोदैलोमामा बाँड्दै बैङ्क
सामाजिक सुरक्षा भत्ता दैलोदैलोमामा बाँड्दै बैङ्क
प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन
प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट
मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
८५ प्रतिशत बढी सामुदायिक विद्यालयमा इन्टरनेट: डिजिटल शिक्षातर्फ मुलुकको फड्को
८५ प्रतिशत बढी सामुदायिक विद्यालयमा इन्टरनेट: डिजिटल शिक्षातर्फ मुलुकको फड्को
पतिकै अगाडि पत्नीको बलात्कार, भिडियो खिचेर बनाइयो भाइरल
पतिकै अगाडि पत्नीको बलात्कार, भिडियो खिचेर बनाइयो भाइरल
प्रधानमन्त्री दाहालले भने :  निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं
प्रधानमन्त्री दाहालले भने : निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…

तपाईंले छुटाउनुभयो कि?