सभामुख र उपसभामुख दुईमध्ये एउटाले राजिनामा दिनुपर्ने !

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सभामुख र उपसभामुख दुईमध्ये एउटाले राजिनामा दिनुपर्ने !

सारांश

  • काठमाडौं, २६ जेठ ।
  •   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने माँग गरेका छन् ।
  • शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो, त्यसैले तत्काल एकजनाले राजिनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।

काठमाडौं, २६ जेठ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने माँग गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो, त्यसैले तत्काल एकजनाले राजिनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।’

नेता बडुले संविधानको मुलभूत अन्र्तवस्तु चलाउन नहुने जिकिर गरे । उनले भने,‘अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हामी स्विकार गर्दैनौं, यो संविधानको मुलभूत विषयलाई चलाउन थाल्यौं भने अस्थिरता निम्तिन्छ, यो विषय अहिले प्रवेश गर्ने वेला भएको छैन्।’

प्रतिनिधि सभा सञ्चालन नियामावली दलहरुको बीचमा सहमति भएर नै पारित भएको उनले जनाए । नेता बडुले भने,‘सांसदहरु निलम्बन गर्ने विषय नियामावलीमा राख्ने होईन, त्यसको लागि छुट्टै ऐन बनाउने सहमतिका साथ अहिले निकास खोजिएको हो।’ संविधानको अहिले गलत व्याख्या हुन थालेकोमा चिन्ताकाे विषय रहेकाे बडुले बताए ।

सरकारले संविधानको कार्यान्वयनको लागि र अपव्याख्या हुन नदिन चाँडो भन्दा चाँडो कानून ल्याउनुपर्ने उनको जिकिर थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवीनलाई ‘वान्स मोर’ को बर्षा
नवीनलाई ‘वान्स मोर’ को बर्षा
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
अाशा गरिएकाे जुडोमा पनि नेपाल पदकविहीन !
अाशा गरिएकाे जुडोमा पनि नेपाल पदकविहीन !
दोलखामा हाइड्रोको बस दुर्घटना, दुई जनाको मृत्यु
दोलखामा हाइड्रोको बस दुर्घटना, दुई जनाको मृत्यु
चिनियाँ पक्षले पठायो ताल फुटेको सूचना: रसुवामा उद्धार टोली र स्थानीय संयन्त्र तीव्र परिचालन
चिनियाँ पक्षले पठायो ताल फुटेको सूचना: रसुवामा उद्धार टोली र स्थानीय संयन्त्र तीव्र परिचालन
मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त
लिम्बू समुदायको संस्कृति ‘जारी ’
लिम्बू समुदायको संस्कृति ‘जारी ’
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान
अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान

तपाईंले छुटाउनुभयो कि?