समाचारवाचिका ताम्राकारको ८६ वर्षको उमेरमा निधन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
३२ पटक हेरिएको
Shares
समाचारवाचिका ताम्राकारको ८६ वर्षको उमेरमा निधन

सारांश

  • काठमडौं ।
  • रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ ।
  • क्यान्सर रोगले पीडित ८६ वर्षीया ताम्राकारको बिहीबार राति १० बजे न्यूरो अस्पतालमा निधन भएको हो ।

काठमडौं । रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । क्यान्सर रोगले पीडित ८६ वर्षीया ताम्राकारको बिहीबार राति १० बजे न्यूरो अस्पतालमा निधन भएको हो ।

२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन् । रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो ।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए । बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?