सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण
सारांश
- काठमाडौं ७ जेठ – सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा जान रोकेको छ ।
- आइतबार बसेको मन्त्रिपरिद् बैठकले मुख्यमन्त्री राउतको अमेरिका भ्रमणका लागि आएको प्रस्तावलाई रोकेको हो ।
- सरकारले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने महत्वपूर्ण समयमा भ्रमणमा जान नहुने भन्दै रोकेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।
काठमाडौं ७ जेठ – सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा जान रोकेको छ । आइतबार बसेको मन्त्रिपरिद् बैठकले मुख्यमन्त्री राउतको अमेरिका भ्रमणका लागि आएको प्रस्तावलाई रोकेको हो ।
सरकारले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने महत्वपूर्ण समयमा भ्रमणमा जान नहुने भन्दै रोकेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।
प्रदेश २ बाट मुख्यमन्त्री राउतले अमेरिकामा रहेको एक गैरसरकारी संस्थाले बोलाएको कार्यक्रममा भाग लिन जान सरकारलाई अनुमति मागेका थिए।
जनरल कन्भेन्सन अफ मधेशी एसोशिएसन इन अमेरिका भन्ने गैरसरकारी संस्थाको निम्तामा प्रदेश नं २ का मुख्यमन्त्री राउतलाई भ्रमणमा पठाउने भनी प्रदेश मन्त्रिपरिषद्ले प्रस्ताव पठाएको हो ।
‘प्रदेशभित्रै आर्थिक वर्ष २०७४र७५ को नीति, बजेट निर्माण तथा कार्यक्रमलगायत संगठनात्मक संरचना निर्माणजस्ता महत्वपूर्ण कार्य गर्नुपर्ने भएकाले राउतको अमेरिका भ्रमण गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अस्वीकृत गरेको छ,’ बास्कोटाले भने।
Khagendra Singh Dhami
Good
Dola Nath
GOOD
Ridam Rai
Good
Dev Bdr Maharjan
ठीक छ
Bdhan Basnet
madhesi lai vedbhab kina gariyo andolan garnu paro
Bishwo Gauchan
Kick him out. He deserves jail for anti-national actvities.