सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत कार्यालय भैरहवाका नापी अधिकृतसहितलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
- रूपन्देही सिद्धार्थनगर नगरपालिका ३ ग कि.
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत कार्यालय भैरहवाका नापी अधिकृतसहितलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
रूपन्देही सिद्धार्थनगर नगरपालिका ३ ग कि.न.४० ज.वि.१-१८-११, वडा नं. ३ग कि.नं.४१ ज.वि.०-४-१० गरी ज.वि.२-३-१ को जग्गा अन्जनी बनिँयाको नाममा रहेको छ । त्यो जग्गा हाल साविक गर्दा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा घुसाई २-९-७-५ कायम गरी अनियमितता भएको भन्ने उजुरी परेको थियो ।
उजुरीमाथि अनुसन्धान गर्दा नापी कार्यालय भैरहवाका नापी अधिकृत घनश्याम दुवे, नापी सर्वेक्षक शौकात अली खाँ, मालपोत कार्यालय भैरहवाका नासु बलराम श्रेष्ठ, वडा सचिव धनेशचन्द्र गुरूङ समेतले मिलेर सार्वजनिक जग्गा व्यक्तिको बनाएका थिए ।
अन्जनी बनियाँले श्रेस्तापूर्जा अद्यावधिक गरी पाउँ भनी मालपोत कार्यालयमा निवेदन दिएकी थिइन । जग्गाको स्थलगत सर्जमिन गर्दा सरकारी सार्वजनिक जग्गा घुसेको छैन भनी साविकमा भन्दा २३२९-६८ वर्ग मिटर सार्वजनिक सरकारी जग्गा निज बनियाँको नाममा हालसाविक गरेका थिए ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार जग्गाधनी अन्जनी बनियाँले साविक बमोजिमको क्षेत्रफल कायम हुने गरी जग्गा हालसाविक गराउनु पर्नेमा सो नगरी उक्त सरकारी सार्वजनिक जग्गा आफू समेतको संलग्नतामा आफ्नो नाममा दर्ता गराएको भन्दै शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दर्ता भएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया