सरकार र कांग्रेसबीचको दुरी धेरै नजिक छ: दीनानाथ शर्मा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २, २०७५
|
|
४६ पटक हेरिएको
Shares
सरकार र कांग्रेसबीचको दुरी धेरै नजिक छ: दीनानाथ शर्मा

सारांश

  • काठमाडौं, २ साउन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
  • बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारका विरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे ।

काठमाडौं, २ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारका विरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे ।

उनले भने,‘लोकतन्त्रप्रति सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्छ, लोकतन्त्र ल्याउन सबैभन्दा बढि कम्युनिष्टहरुले नै रगत बगाएका छन्, जेल तथा नेल भोगेका छन्, वर्तमान प्रधानमन्त्री १४ वर्ष जेल बस्नुभएको थियो, लोकतान्त्रिक प्रणाली स्थापनार्थ सबै दलहरुले बेला बखत बन्दुक बोकेका छन्, कसैले ०७ सालमा बोके, कसैले ०५२ सालमा बोके।’

आयोजित साक्षात्कारमा उनले वर्तमान सरकार विनम्र रहेको जिकिर गरे । उनले भने,‘सरकारले दम्भ होईन विनम्र पेश गर्न प्रयास गरिरहेको छ, सरकार फेर्ने कुरा बेकारको कुरा हो, यसको कुनै सम्भावना छैन्।’ सरकारमाथि निगरानी बढाउनु, खवरदारी गर्नु र सचेत गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै भएको उनको भनाई छ । वर्तमान सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कांग्रेसले अहिले सरकारको राजिनामा नमागेको पनि जिकिर गरे । उनले भने,‘सरकार र कांग्रेसबीचको दुरी धेरै नजिक छ, हामीले मिलेर अघि बढ्छौं, ऋषिजीले हामीबीच फाटो ल्याउनेगरि कुरा गर्नुभयो, कांग्रेसले सरकारको राजिनामा मागेको छैन्।’

वर्तमान राजनीतिक दलहरुको लागि संविधानभन्दा अर्को दस्तावेज नभएको बताउँदै उनले आवश्यक परे संविधानलाई सुधार गर्न आफूहरु प्रतिबद्ध रहेको पनि सुनाए । उनले भने,‘जनताका चाहना र भावनाहरुलाई सम्बोधन गर्न हामी जहिल्यैपनि तत्पर छौं।’ सरकारविरुद्ध कांग्रेस त भोलिदेखि सडकमा उत्रिने भयो नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘लोकतन्त्रमा जुलुस लाउन छुट छ, त्यो त लोकतन्त्रले दिएको अधिकार हो।’ उनले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको कुरालाई अनर्थ लगाउन नहुने बताउँदै भने,‘उहाँले वैचारिक रुपमा खण्डन र प्रतिवाद गर्न भन्नुभएको हो।’

फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताउँदै भने,‘डाक्टर केसीले उठाएका विचारहरु सबै खराब छैनन्, माथेमा आयोगको प्रतिवेदन त्यतिवेला ठीक थियो, अहिले परिस्थिति फेरिएको छ, यो भन्दा बढि कलेज खोल्न पाईँदैन भन्नु निरंकुशता हो, कुन ठाउँमा कति वटा कलेज खोल्ने वा नखोल्ने भन्ने जिम्मा संविधानले अहिले प्रदेश सभालाई दिएको छ, हिजो अध्यादेश ल्याउने सहमति हुँदा गगन थापा आँफै स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो, डाक्टर केसीले उठाएका मागहरु किन पूरा गर्न प्रयत्न गर्नुभएन ?’

नेता शर्माले डाक्टर केसीका मागहरु उच्चस्तरीय आयोगमार्फत हल गर्नुपर्ने सुझाए । उनले भने,‘वार्ताद्धारा नै समस्याको समाधान हुन्छ, दमन गरेर हुँदैन, सरकार उहाँलाई पहिले काठमाडौं ल्याएर उपचार गर्न चाहन्छ, सम्भवतः आज र भोलिभित्रै सरकारले उहाँलाई काठमाडौं ल्याउँछ, सरकारले उहाँका मागहरु सम्बोधन गर्न पहलकदमी लिनुपर्छ, लिरहेको छ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gopal Giri

    हामी त हिजो देखि नै भनिरहेका छौ काङ्ग्रेस र कम्युनिस्ट (विशेष गरि माके र एमाले )एउटै सिक्काको २ओटा पाटा हौ भनेर।कम्युनिस्ट पार्टी को मुल मर्म र कर्तव्य देखि टाढा हुँदै गयौ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी
प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग
आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग
निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने : अध्यक्ष थापा
निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने : अध्यक्ष थापा
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए