वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १८, २०८०
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा काठमाडौं।
  • वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।
  • वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो ।

वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा
काठमाडौं। वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो ।

फोरमले चालु आर्थिक वर्षमा निःशुल्क कानुनी परामर्शका लागि दर्ता भएका दुई हजार ८८२ उजुरीमध्ये ५४ प्रतिशत स्वदेशमा ठगीमा परेको र ४६ प्रतिशत विदेशमा अलपत्र परेको, तलब नपाएको, सम्झौता अनुसार फरक काममा लगाएको तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीका विषयमा हुने गरेको बताएको छ ।

पिपुल्स फोरमका अधिवक्ता सुदीप देवकोटाले रोजगारदाताले राहदानी जफत गरेको, कम तलबका नाममा उजुरी र मुद्दा पर्ने गरेको जानकारी दिए । उनले वैदेशिक रोजगारीमा नाममा हुने पीडितमध्ये आधा स्वदेशमा नै ठगीमा पर्ने र अन्य विदेशमा पुगेपछि अलपत्र पर्ने, तलब नपाउने धेरै देखिएको जानकारी दिए ।

उजुरी उत्पतिका आधारमा नेपालमा ठगीएको ६१ प्रतिशत, संयुक्त अरब इमिरेट्स (युएई) मा १३ प्रतिशत, साउदी अरबमा १२ प्रतिशत, मलेसियामा छ प्रतिशत र बाँकी कुवेत, कतार, कम्बोडिया तथा अन्य श्रम गन्तव्य रहेका छन् ।

उजुरी दिनेमध्ये व्यक्तिगत ठगी एक हजार ४८२ र संस्थागत ठगी एक हजार चार सय रहेका छन् । फोरमले हालसम्म विभिन्न परियोजनामार्फत नेपालका ७७ जिल्लाका २८ हजार ३०२ वैदेशिक रोजगार पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
तुलसी रोपेर हरिशयनी एकादशी मनाइदै, यस्तो छ तुलसी रोप्नुको धार्मिक कारण
तुलसी रोपेर हरिशयनी एकादशी मनाइदै, यस्तो छ तुलसी रोप्नुको धार्मिक कारण
प्रदेश सभामा कांग्रेसबाट को–को परे ? (नामावलीसहित)
प्रदेश सभामा कांग्रेसबाट को–को परे ? (नामावलीसहित)
गणेशलाई गोली हानेर मारिएको पुष्टि
गणेशलाई गोली हानेर मारिएको पुष्टि
पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली
पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली
कृष्णमोहन–नुडुप १५ औं श्रद्धाञ्जली समारोह सम्पन्न
कृष्णमोहन–नुडुप १५ औं श्रद्धाञ्जली समारोह सम्पन्न
नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार
नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
“गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”- स्थानिय बासिन्दा ।
“गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”- स्थानिय बासिन्दा ।
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?