बाँके दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, १८ घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
बाँके दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, १८ घाइते

सारांश

  • काठमाडाै, २० असाेज ।
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेमा आज (शनिबार) बिहान माइक्रो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
  •  उपचारका क्रममा दुई घाइतेको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो।

काठमाडाै, २० असाेज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेमा आज (शनिबार) बिहान माइक्रो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। उपचारका क्रममा दुई घाइतेको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो। दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक बाँकेको राप्ती सोनारीमा बिहान सवा ९ बजेतिर आपसमा ठोक्किएका हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारीअनुुसार दाङको तुलसीपुर नगरपालिकाकी (वडा नम्बर खुलेको छैन।) ३० वर्षीय तुलसी रावत र सोही नगरपालिका वडा नम्बर ८ की २८ वर्षीय वसन्ती चौधरीको उपचार गर्न ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो। घटनास्थलमा मृत्यु भएका चार जनाको भने अझै पहिचान खुल्न सकेको छैन। दुर्घटनामा बस चालकसमेत तीन पुरुष र तीन महिलाको मृत्यु भएको छ। अन्य १८ यात्रु घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा प्रहरीले जनाएको छ।

(greenspringsschool.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?