सिँचाइ कुलो निर्माण हँु्दा स्थानीय खुशी

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
६२ पटक हेरिएको
Shares
सिँचाइ कुलो निर्माण हँु्दा स्थानीय खुशी

सारांश

  • बाजुरा, ६ फागुन , जिल्लाको गौमुल गाउँपालिका–४ मानाकोटका स्थानीयवासी गाउँमै सिँचाइ कुलो निर्माणपछि खुशी भएका छन् ।
  • कोटपातल खोलाबाट गाउँमा सिँचाई कुलोे निर्माण गरिएको हो ।
  • सिँचाई कुलो निर्माण पछि खेती किसानीमा सहज हुनेभएपछि स्थानीय खुशी भएका छन् ।

बाजुरा, ६ फागुन , जिल्लाको गौमुल गाउँपालिका–४ मानाकोटका स्थानीयवासी गाउँमै सिँचाइ कुलो निर्माणपछि खुशी भएका छन् ।

कोटपातल खोलाबाट गाउँमा सिँचाई कुलोे निर्माण गरिएको हो । सिँचाई कुलो निर्माण पछि खेती किसानीमा सहज हुनेभएपछि स्थानीय खुशी भएका छन् ।

सिँचाइ कुलो नहुँदा हिउँदेखेती लगाउन नपाई पुरै जमीन बाझो राख्नुपर्ने समस्या थियो, सिँचाइ कुलो निर्माणसँगै समस्या हटेको ४ नम्बरका वडा अध्यक्ष वीरेन्द्र रोकायाले बताउनुभएको छ । पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने, मेहनत मात्र गर्नुपर्ने सबै प्रकारको समस्या हट्ने रोकायाको भनाइ छ ।

सिँचाइ कुलो ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । वर्षौदेखि स्थानीय निकाय, सरकारी तथा गैरसरकारी निकायलाई माग गर्दा पनि बेवास्ता गरिएको थियो, गाउँपालिकासँग जलस्रोत परियोजनाले सिँचाइ कुलो निर्माण गर्दा स्थानीय खुशी छन् ।

सिँचाइ निर्माणपछि अहिले आफूहरु बेमौसमी खेती गर्नुका साथै अन्य फलफूल साग तरकारीसमेत लगाउने गरेको बताएका छन् । गाउँमा सिँचाइ कुलो आएपछि पूरै मानाकोट गाउँ हरीयाली भएको स्थानीयवासीको भनाइ छ ।

ग्रामीण जलस्रोत परियोजनाको आयोजना र युरोपेली युनियन फिल्याण्ड सरकार र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा कोटपातल बृहत् सिँचाइ कुलो निर्माण गरेको गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय टङ्कनाथ खनालले बताउनुभयो ।

सिँचाइ कुलो रु ७४ लाख ५२ हजारको लागतमा निर्माण गरिएको हो । स्थानीयले पनि केही रकम श्रमदान गरेका छन् । १२ सय मिटर लम्बाइ र दुई फिट चौडाइ, दुई फिट उचाइको नहर निर्माण गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना जिल्ला संयोजक नरवीर ऐडीले जानकारी दिनुभयो ।

सिँचाइ कुलोबाट ४ नम्बर वडाका १२ सय बढी परिवारलाई सिँचाइका लागि सहज हुनेभएको छ । मानाकोटवासीले पानी अभावकै कारण खेत बाँझै राख्नुपर्ने समस्या हटेको छ । खेती उत्पादनमा पनि वृद्धि हुने स्थानीयले विश्वास राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस
यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
भारतमा २१ दिनका लागि ‘लक डाउन’
भारतमा २१ दिनका लागि ‘लक डाउन’
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
मेनपावर सबै बन्द हुन्छन्-केपी शर्मा ओली
एमालेका यी सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
एमालेका यी सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर
पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा
‘भूत आतंक’ फैलाउनेलाई कारबाही शुरु, प्रहरी फन्दामा को-को ?

तपाईंले छुटाउनुभयो कि?